लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी

मेचीकाली संवाददाता

११ कार्तिक २०७८, बिहीबार
586 shares

बुटवल । लुम्बिनी प्रदेश सभाको बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । ढिलागरी सुरु भएको बैठकमा एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए ।

एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका दुई सांसद पद मुक्त नहुँदासम्म सदन चल्न नदिने एमालेको अडान रहेको दोहो¥याएका थिए । विमला वली र अजय शाहीलाई कारवाही नहुँदासम्म बैठक चल्न नदिने एमाले अडान यथावत छ ।

बैठकमा प्रदेश सभा सदस्यहरूले शून्य र विशेष समयमा बोल्ने, वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र बहादुर हमालबाट वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीबाट जीवनाशक विषादी नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस भई निर्णयार्थ पेस हुने कार्यसूची रहेको थियो ।