पशुपालक कृषकलाई घाँसको विउ वितरण

मेचीकाली संवाददाता

११ कार्तिक २०७८, बिहीबार
609 shares

पार्बती आचार्य
कपिलवस्तु, कार्तिक ११ । बाणगंगा नगरपालिका वडा नंं. २ ले वडा भित्रका पशुपालक कृषकहरुलाई घाँसको विउ वितरण गरेको छ ।

षकहरुलाई पशुपालन तर्फ आर्कषण गरि व्यवसायीकरणमा जोड दिने उद्देश्यले घाँसको विउ वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार पशुपालक कृषकहरुको माग र आवश्यकता अनुसार उन्नत जातको घाँसको विउ वितरण गरिएको वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

वडा भित्रका ६० वटा ब्यबसायीक कृषि फर्म नगरमा दर्ता भएको र उनीहलाई प्रोत्साहन गर्न वडाले यस्ता कृषि कार्यक्रमलाई जोड दिदै आएको वडा अध्यक्ष पौडेलले बताए । प्रदेश र संघबाट कृषकका लागी सहयोग भएको बताउँदै वडा अध्यक्ष पौडेलले आगामी दिनमा कृषकलाई लक्षित गरि थप तालिमहरु संचालन गरिने जनाए ।

भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएकाले वडा वासीको पेशा व्यवसायलाई उकास्न वडाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । पशुपालन व्यवसायलाई आधुनिकिकरण गर्नुपर्नेमा जोड दिंदै त्यसका लागि वडाले सक्दो पहल गर्ने वडा अध्यक्ष पौडेलले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा महिला सदस्य टिका कुमारी अधिकारीले विगतमा वडाले कृषकका लागी यस्ता कार्यक्रम संचालन गर्दै आईरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरीन् । कार्यक्रममा कृषकका तर्फबाट शोभाखर घिमिरेले पशुपालक कषकहरुले दुधको वास्तविक मूल्य नपाएको भन्दै वडाले सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

कार्यक्रम वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा वडा महिला सदस्य टिका कुमारी अधिकारी, वडा सदस्य विमला परियारको आतिथ्यता रहेको कार्यक्रम वडा सचिव नरेन्द्र पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।