सिद्धार्थ सामाजिक बिकास केन्द्रको अध्यक्षमा शाही निर्वाचित

मेचीकाली संवाददाता

१३ कार्तिक २०७८, शनिबार
443 shares

पार्बती आचार्य
कपिलवस्तु । सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा सुर्य कुमारी शाही निर्वाचित भएकी छन् । संस्थाको २५ र्औं साधारण सभा तथा १२ औं अधिवेशनबाट शाही आगामी २ वर्षका लागी सर्व सहमती अध्यक्षमा निर्वाचित भएकी हुन् ।

जसको उपाध्यक्षमा त्रिलोचन घिमिरे, सचिवमा हरिलाल शर्मा, सहसचिवमा दुर्गा अर्याल र कोषाध्यक्षमा शोभा आचार्य निर्वाचित भएका छन् । भने कार्य समिति सदस्यहरुमा रोमकान्त घिमिरे, देवकला वि.क., सीता खनाल, चेतना अधिकारी, इन्दिरा भट्टराई र गोविन्द खनाल निर्वाचित भएका छन् ।

यसैगरी लेखा समिति संयोजकमा हरी अधिकारी, बाबुराम रायमाझी, सिता पंगेनी, ईशा जि.सी. र प्रभात विक्रम क्षेत्री निर्वाचित भएका छन् । अधिवेशनमा संस्थाका सचिव रोमकान्त घिमिरेद्धारा प्रस्तुत बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष हरिलाल शर्माद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमतीबाट पारित गरिएको छ ।

सो कार्यक्रममा सदस्य रुकैया खातुन, पुर्व अध्यक्ष टंक प्रसाद आचार्य, पोमनारायण पौडेल, संविधान सभा सदस्य बलराम अधिकारी, सागर श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशन सम्पन्न गर्न संस्थापक तथा पुर्व अध्यक्ष सागर श्रेष्ठ, टंकप्रसाद आचार्य, पोमनारायण पौडेल, टिकाराम पौडेल र गुणनिधि भुसाल सहितको ५ सदस्सीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

२०५२ सालमा स्थापना भएको यो संस्थाले अहिले बिभिन्न विकास साझेदार संस्थाहरुको समन्वयमा अहिले लुम्बिनी प्रदेशको सबै जिल्लामा कार्यक्रमहरु संचालन गरि रहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता, संस्थापक अध्यक्ष सागर प्रसाद श्रेष्ठको प्रमुख आथित्यता, उपाध्यक्ष सुर्य कुमारी शाहीको स्वागत र सचिव रोमकान्त घिमिरेको संचालनमा सम्पन्न भएको आयोजक संस्थाले जानकारी दिएको छ ।