अनेरास्ववियु रुपन्देहीको प्रथम बैठक सम्पन्न

मेचीकाली संवाददाता

१३ कार्तिक २०७८, शनिबार
301 shares

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भातृ विद्यार्थी संगठन नेपाली बिद्यार्थीहरु लोकप्रिय संगठन नेपालको सबैभन्दा ठूलो आन्दोलनको नेता संगठन (अनेरास्ववियु) रुपन्देहीको प्रथम बैठक बुटवलमा सम्पन्न भएको छ ।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलको अध्यक्षयतामा सम्पन्न भएको पहिलो बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले जिल्लामा रहेका प्रत्येक पालिकामा कमिटिहरु निर्माण गर्ने, सदस्य संख्या बढाउने, विभिन्न खालका अतिरिक्त क्रियाकलाप गर्ने साथै संगठनको जिम्मेवारी बाडँफाँड गरिएको पोखरेलले बताए ।

बैठकलाई सम्बोधन गदै अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष यमराज पाण्डेलले संगठनको नियम र विधिमा रहेर काम गर्न र जिल्ला भित्रका बिभिन्न, पालिका, वडा, कलेजहरुमा तत्काल कमिटि गरि संगठन बिस्तार गर्न निर्देशन दिए । आगामी दिनमा हुने स्थानिय, प्रदेश र संघीय चुनावमा एक ढिका भयर लाग्न आग्रह गर्दै अहिले देखि संगठन बिस्तारलाई तिब्रताका साथ अगाडी बढाउन आग्रह गरे ।

बैठकमा अनेरास्ववियूका केन्द्रीय स्थाई कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी संयोजक सरोज पोख्रेलले संगठनलाई अनुशासित र मर्यादित तरिकाले अगाडि बढाई सबैको मनमुटुमा बस्न सक्ने संगठन बनाउनु पर्ने बताए।

अनेरास्ववियूका केन्द्रीय सचिबालय सदस्य तथा रुपन्देही इन्चार्ज बालकृष्ण पाण्डे, अनेरास्ववियूका केन्द्रीय सचिबालय सदस्य लेखनाथ खनाल , नेकपा एमाले रुपन्देहिका नेता एवम बिद्यार्थी इन्चार्ज राजेन्द्र ढकाल,केन्द्रीय सदस्य साजन भण्डारी, केन्द्रीय सदस्य नबिन थापा सारु, सरोज ठकुरी,सिमा घिमिरे ,सन्दिप गुप्ता लगाएतले मन्तव्य राखेका थिए।

बैठक संगठनका अध्यक्षता शेषकान्त पोखरेलको अध्यक्षता र सचिब प्रकास पराजुलिको सन्चालनमा सम्पन्न भएको थियो ।