शुद्दोधन सुनचाँदी व्यावसायीको आयोजनामा शुभकामना आदानप्रदान तथा विदाइ कार्यक्रम

मेचीकाली संवाददाता

१३ कार्तिक २०७८, शनिबार
734 shares


तुलसीराम पौडेल —
शुद्दोधन ,कार्तिक १०

रुपन्देहीको शुद्दोधन गाउपालिका -४ स्थित शुद्दोधन सुनचाँदी व्यावसायी संघले एक कार्यक्रमको आयोजना गरि विजया दशमी ,शुभ दिपावली छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा विदाइ कार्यक्रम हालै सम्पन्न गरेको छ।
सस्थाका निवर्तमान अध्यक्ष जीवन गहतराजलाई विजया दशमी तथा शुभ दिपावलिको शुभकामना आदानप्रदान कार्यक्रमको शुभ अवसरमा विदाइ गरिएको हो।
सस्थाका अध्यक्ष टेक बहादुर बिश्वकर्माको अध्यक्षता,रुपन्देही सुनचाँदी व्याबसायी संघका जिल्ला सदस्य मणिराम सुनारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
मनिष कुमार सोनारको स्वागत मन्तव्य ,सहसचिव घनश्याम रसाइलिको संचालनमा सम्पन्न कार्यक्रममा शुद्दोधन सुनचाँदी व्याबसायीका महा सचीव सुरेन्द्र कुमार सुनार, निवर्तमान अध्यक्ष जीवन गहतराज लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।