

बुटवल । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमूर्ति राष्ट्रपति भण्डारीबाट अनावरण भएको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्तिको आइतबार राष्ट्रपति भण्डारीले अनावरण गरेकी हुन् ।
उक्त मूर्ति साता दिनअघि म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट रुपन्देही ल्याइएको थियो । लुम्बिनी गार्डेन फाउण्डेशनको समन्वयमा ल्याइएको मूर्ति एक हजार ८ सय किलोग्राम छ। शान्तिका प्रतीक सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विश्वभर प्रचारप्रसार होस् भन्ने उद्देश्यले चार वर्ष पहिले स्पेनमा स्थापना गरिएको लुम्बिनी गार्डेन फाउन्डेसनको सहयोगमा मूर्ति विमानस्थलमा राखिएको हो ।
मूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेश सभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडोसहितका विशेष प्रतिनिधिको उपस्थिती रहेको थियो । त्यस्तै कार्यबाहक प्रधानमन्त्री बालकुष्ण खाँड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी लगायत जन प्रतिनिधीहरुको पनि उपस्थिती रहेको थियो ।
फोटो फिचर








सबै तस्वीरः अमृत गिरी