सामाजिक परिक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन सार्बजनिक

मेचीकाली संवाददाता

१४ कार्तिक २०७८, आईतवार
548 shares

पार्बती आचार्य
कपिलवस्तु । ईन्द्रेणी ग्रामिण बिकास केन्द्र नेपालले आर्थिक बर्ष ०७७/०७८ को सामाजिक परिक्षण कार्यक्रम अन्तरगत प्रारम्भिक प्रतिबेदन सार्बजनिकीकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बुद्धभुमि नगरपालिका २ गोरुसिंगेमा एक कार्यक्रमका बिच सार्बजनिकीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी एवं जिल्ला समन्वय समिती कपिलबस्तुका प्रमुख नारायण प्रसाद खनालले यस ईन्द्रेणी संस्थाले हरेक बर्ष सम्पन्न भएका गतिबिधीहरुको बारेमा जानकारी दिनुका साथै सार्बजनिकीकरण गर्नु संस्थाको पारदर्शीता भएको बताए । जिल्लामा सयौं संघ संस्थाहरु छन् तर धेरै जसो झोले संस्थाहरुले पारदर्शिताको रुपमा काम नगरेको बताए ।

संस्थाहरुले जनतासंग सरोकार राखेर संस्थाले जनातालाई के दियो र लक्षित समुदायले के पाए त भन्ने बिषयमा सार्बजनिक सुनुवाई गर्नु महत्वपुर्ण भएको प्रमुख खनालले बताए । संस्थाले काम नगरेको होईन धेरै काम गरेका छन् पहिला भन्दा केही परिबर्तन पनि आएको छ तर अझै पनि हाम्रा जनाताले आफ्ना समस्याहरु खुलेर भन्न नसक्ने हुँदा ईन्द्रेणी संस्थाले जस्तै अन्य संस्थाहरुले पनि लक्षित समुदाय मुखी भएर कार्यक्रमहरु संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले ईन्द्रेणी ग्रामीण बिकास केन्द्रले आफ्नोे स्थापना काल देखि नै उदाहरणीय कार्यहरु गर्दै आएको बताए । आफुले गरेका कार्यहरुको पारदर्शिता गर्नु राम्रो पक्ष भएको हुँदा आगामी दिनहरुमा यस संस्थाले अझै उदाहरणीय कार्य गर्न सफल होस भन्ने शुभकामना दिए । नगर प्रमुख श्रेष्ठले संस्थाबाट लाभान्वीत ब्यक्तीहरुले आयआर्जनमा बृद्धि गर्नुपर्ने बताएका थिए ।

यसैगरी शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी थारुले शिवराज नगरपालिकाको वडा नं. ९ मा मात्र कार्यक्रम संचालन भएको छ । महिला, बालबालिका र सिमान्तकृत समुदायलाई लक्षित गरेर सिप सिकाई संस्थाले आयआर्जनका कार्यक्रमहरु संचालन गर्दै आएकोमा संस्थालाई धन्यवाद दिईन् । आगामी दिनहरुमा वडा नं. ९ मा मात्र नभई संस्थाले सम्पुर्ण वडाहरुमा कार्यक्रम संचालन गर्न सकोस भन्ने शुभकामना ब्यक्त गरिन् ।

बुद्धभुमि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेलले बुद्धभुमि नगरपालिकाले ईन्द्रेणी संस्थासंग समन्वय र सहकार्य रहेको बताए । त्यसैगरी गैसस महासंघका अध्यक्ष प्रबिण कुमार श्रीवास्तवले समाज रुपान्तरणकालागि ईन्द्रेणी ग्रामीण बिकास केन्द्रले बिभिन्न सरोकारवालासंस्थाहरु संग समन्वय गरेर कार्यक्रमहरु गर्दै आएको बतााए ।

नव जिवन संस्थाका कोडिनेटर प्रेरणा बिष्टले यौनिक तथा अल्पसंख्यकलाई समेत संबोधन गदै जिल्लाका दश स्थानियतहमा कार्यक्रमहरु संचालन गर्नुपर्ने बताईन् । कार्यक्रममा कर्ण बहादुर नेपालीले सामाजिक परिक्षणका प्रक्रियाका आचारसंहिताहरु, सामाजिक परिक्षणको पृष्ठभुमि, परिक्षणकालागि अपनाईएका बिधिहरु, सामाजिक परिक्षण गर्दा पहिचान गरिएका पक्षहरु र संस्थाले सुधारगर्नु पर्ने पक्षहरु लगाएतको बिषयमा सहजी करण गरेका थिए ।

समाज कल्याण परिषद् ५२२७, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, गैसस महासंघ, कोक्याप लगाएतका संघ संस्थाहरु आवद्ध रहेको जानकारी दिएका थिए । कार्यक्रम संस्थाका अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा जिल्ला समन्वय समितीका प्रमुख, बुद्धभुमि नगरपालिकाका प्रमुख, शिवराज नगरपालिकाका उपप्रमुख, बुद्धभुमि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, गैसस महासंघका अध्यक्ष, इन्सेक प्रतिनिधी, संचारकर्मी, बिभिन्न समुहका प्रतिनिधनिधीहरु र संस्थाका कर्मचारीहरु लगाएतको सहभागिता रहेको कार्यक्रम संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहको संचालनमा सम्पन्न भएको थियो ।

अधिकारमा आधारित सहभागितामुलक कार्य पद्धति, आपसी सहयोग, गैर साम्प्रदायिक र निष्पक्ष व्यवहार, कार्यमा विश्वास, स्थानीयतहमा सीप तथा प्रविधिको विकास र कार्यान्वयन, वातावरण प्रति मैत्रीपूर्ण व्यवहार र कसैलाई क्षति नहुने कार्य शैलि संस्थाको मुल्यमान्यता रहेको छ ।

सिमान्तकृत समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक परियोजना, पारस्परिक जवाफदेहीता र प्रभावकारी पोखरी ब्यबस्थापनको माध्यमद्वारा थारु समुदायको जिबीको पार्जनमा सुधार कार्यक्रम युएसएआईडी, एफएचआई ३६० आईएम स्वीडीसको सहयोग तथा ईन्द्रेणी ग्रामीण बिकास केन्द्रको आयोजना रहेको थियो ।

संस्थाले महिला, युवा तथा किशोरीहरुको घरायसी तथा सामुदायिक निर्णयहरुमा सहभागीता वृद्धि भएको । कार्यक्षेत्रका लक्षित समुदायहरुले वृक्षारोपण गर्नुसाथै, पुर्ण सरसफाईको चेकलिष्टलाई कार्यान्वयन गर्नुका साथै कुहिने र नकुहिने फोहोर व्यवस्थापन पद्धति घरमानै अभ्यास गरेको । संजालले स्थानीय सरकारका क्षेत्रगत नीतिहरु (कृषि, जलवायु तथा अन्य) निर्माणका लागि सहजीकरण तथा पैरवी गरेको क्याम्पीएन अफिसर मनोजराज पन्थीले जानकारी दिए ।