माउन्ट एभरेष्ट सहकारीको अध्यक्षमा पुनः पोखरेल

मेचीकाली संवाददाता

१५ कार्तिक २०७८, सोमबार
470 shares

रामबहादुर गन्धर्व
कपिलवस्तु । ‘फजुल खर्च कटौती गरौ बचत गर्ने बानी बसालौ । दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मुल नारासहित स्थापना भएको माउन्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि.को २३ औँ साधरणसभा तथा आठौँ अधिवेशन कपिलवस्तुको बाणगंगा–६ बैदौलीमा शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले पुनः युवराज पोखरेलको अध्यक्षता ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपध्यक्षमा गौरी चौधरी थारू, सचिवमा खेमराज भट्टराई, सहसचिवमा प्रकाश भुसाल, कोषाध्यक्षमा लेखनाथ भट्टराई रहेका छन् सदस्यहरूमा कौसिला खनाल, पंकज पाण्डे, नारायण सिंह केसीलगायत रहेका छन् ।

त्यस्तै अधिवेशनले देवीप्रसाद पोख्रेल (डेभिड) संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन गरेको छ, जसको सदस्यहरूमा देवेन्द्रबहादुर थापा र दुर्गा खनाल रहेका छन् । नव निर्वाचित सदस्यहरूलाई सिनर्जी बचत तथा ऋण सहकारीका अध्यक्ष लक्ष्मण बेलबासे, बाणगंगा–५का वडाध्यक्ष भिष्मराज भुसाललगाएतले सफल कार्यकालको शुभकामना दिएका थिए ।

सो अवसरमा संस्थाले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गर्दै साविक कोपवा गाविसको वडा नं ९ मा २२ वर्ष अगाडि समुदायमा आइपर्ने आर्थिक समस्याहरूको समाधान स्थानीय स्तरमै आयआर्जन गर्नबाट बञ्चित व्यक्तिहरूलाई आयआर्जन गर्नमा सहयोग पुर्याउने उद्देश्यले २५ जना युवाहरूको सक्रियतामा सहकारी स्थापना भएको हो ।

त्यस्तै संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अहिले नेपालमा ६३ लाख सदस्य रहेको बताउदै उत्पादनमा सहकारी क्षेत्रले करिव ४ प्रतिशत योगदान दिएको छ । संस्थामा ३ हजार ६५३ शेयर सदस्य रहेका छन् । जसमा महिला १ हजार ९०५ र पुरूष १ हजार ६७८ रहेका छन् ।

संस्थाले आब २०७७÷७८ मा १० लाख ५७ हजार ७ सय शेयर पँुजी संकलन गरि आब २०७७÷७८ को अन्त्यमा रू १ करोड ५५ लाख ८२ हजार ६ सय रहेको छ । गत वर्षको तुलना १० लाख ५७ हजार ७ सयले वृद्वि भएको संस्थाले जनाएको छ । यसवर्ष संस्थाको कुल कारोबार ३५ करोड १२ लाख ३५ हजार २ रूपैयाँ ७६ पैसा भएको संस्थाले जनाएको छ ।

विभिन्न सामाजिक संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी लगायतको सहभागीता रहेको कार्यक्रम रिता थारूको स्वागत, रूमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।