महाकवि देवकोटा बहुमुखी क्याम्पसको ११औ क्याम्पस सभा

मेचीकाली संवाददाता

१५ कार्तिक २०७८, सोमबार
510 shares


तुलसी राम पौडेल
रुपन्देही कार्तिक १५,
पश्चिम नवलपरासी सुनवल नगरपालिका ४ रमवापुर स्थित महाकवि देवकोटा क्याम्पसको ११औ क्याम्पस सभा आइतवार सम्पन्न भयो ।पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कन्डेलले क्याम्पस सभाको उद्घाटन गर्नुभयो ।सो अवसरमा मन्त्री कन्डेलले ससद्ले निरन्तरता पाएमा क्याम्पसलाई १ करोड सहयोग गर्ने प्रतिबद्ता व्यक्त गर्नु भयो ।यो क्याम्पस जिल्लाकै गहना भयकोले अझ अगाडी लैजान सबैको सहयोग हुनुपर्ने बताउनु भयो ।कुनै पनि राजनितीक दलमा त्याग तपस्या गरेका व्यक्तिलाई पाखा लगाउने र स्वार्थसिद्ध गर्न आउने व्यक्तिलाई राजनितीमा प्राथमिकता दिदा दलहरुप्रति जनताको वितृषणा जागेको बताउनुभयो।

महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछानेले क्याम्पसलाई यहासम्म ल्याउन सम्पुर्न बाट सहयोग भयको बताउनु भयो । क्याम्पसका चुनौतीहरु धेरै छ्न त्यसलाई सबै मिलेर सामना गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष क्याम्पस संरक्षक बिष्णु प्रसाद पौडेल , संस्थाका संस्थापक अध्यक्ष एवं क्याम्पस संरक्षक थान प्रसाद गैरे, उधोग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशवप्रसाद भन्डारी , कृष्ण बन्धु अर्याल, सल्लाहकार सदस्य हुमकान्त पान्डे वडा न ४ का वडा अध्यक्ष एवं संचालक समिति सदस्य विर बहादुर गुरुङ लगायतले
शुभकामना दिनुभयो ।

क्याम्पस अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षता , पुर्व गृहराज्यमन्त्री देवेन्द्र राज कन्डेलको प्रमुख आतिथ्यता, क्याम्पस प्रमुख नारायण प्रसाद ढकालको वार्षिक प्रतिवेदन प्रस्तुत , विमला अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन प्राध्यापक हरिदत्त शर्माले गर्नुभयको थियो ।