प्याब्सन तिलोत्तमाद्वारा नेतृत्व बिकास तालिम सम्पन्न

मेचीकाली संवाददाता

१६ कार्तिक २०७८, मंगलवार
572 shares

बुटवल । प्याब्सन तिलोत्तमाको नेतृत्व विकास तालिम सम्पन्न भएको छ । निजी तथा आवसीय विद्यालयहरुको अर्गनाइजेसन (प्याब्सन) तिलोत्तमाको आयोजनामा सोमबार सदस्य विद्यालयहरुका प्राचार्यहरुलाई नेतृत्व विकास तालिम दिइएको हो ।

प्याब्सन तिलोत्तमाका अध्यक्ष केएन सागर ज्ञवालीको अध्यक्षता, काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. धनपति सुवेदी तथा एबिआई नेपालका ढुण्डीराज घिमिरेको सहजीकरणमा कार्यक्रम भएको थियो ।

प्याब्सन तिलोत्तमाका सदस्य विद्यालयहरुका प्राचार्यहरुको सहभागिता रहेको कार्यक्रममा वर्तमान समयमा शिक्षण सिकाइ क्रियाकलापमा विद्यालय र शिक्षण पद्धतिमा ल्याउन सकिने परिवर्तनका लागि विशेष जोड दिइएको थियो ।

‘Co-Inception Leadership For Effective School Leading  and Management’ शीर्षकमा सम्पन्न कार्यक्रममा सदस्य विद्यालयहरुका २५ जना प्राचार्यहरुको सहभागिता रहेको प्याब्सन तिलोत्तमाका सञ्चार संयोजक चन्द्र अधिकारीले जानकारी दिए । कार्यक्रमको सञ्चालन सचिव किरण गौतमले गरेका थिए ।