बाणगंगाको कार्यपालिका बैठक सम्पन्न

मेचीकाली संवाददाता

१६ कार्तिक २०७८, मंगलवार
323 shares

पार्बती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । नगरको सभाहलमा मंगलबार बसेको बैठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले कृषि विकास शाखाको बजेट स्वीकृत गरेको वडा नं.२ का वडा अध्यक्ष तथा नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

जस अन्तरगत कृषि संग सम्बन्धित विभिन्न कृषी उपज खरिद, कृषी उपकरण तथा विउविजन रहने छन् । यस्तै बैठकले होमस्टे संचालनका लागी कार्यविधि स्वीकृत गर्नुका साथै बहुक्षेत्रीय पोषण कार्यक्रम समेत स्वीकृत गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

खानेपानी तथा सरसफाई तर्फको ८ लाख रुपैयाँ महेन्द्र मावि. कोपवाको शौचालय निर्माण लागी रहने छ । यस्तै बैठकले शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नगरवासीलाई शुभकामना दिर्दै चार्डपर्व संयमित भएर मनाउन तथा कम खर्चिलो गराउन आग्रह गरेको छ ।

नगरले जिल्ला प्रशासनले जारी गरेको निर्देशिकालाई मध्येनजर गरेर देउसीभैलोका गतिविधि संचालन गर्न नगरवासीमा आग्रह गरेको छ ।