नेको इन्स्योरेन्सद्वारा निःशुल्क आँखा शिविर

मेचीकाली संवाददाता

१६ कार्तिक २०७८, मंगलवार
586 shares

नगेन्द्र केसी
भुजौली । नेको इन्सुरेन्स लिमिटेड शुद्धोधन–४ रुपन्देहीको आयोजनामा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

सोमबार मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा भएको कार्यक्रममा ९७ जनाले निःशुल्क रुपमा आँखा चेकजाँच गरेका थिए । भने, १२ जनाको मोतियाविन्दुको निःशुल्क अपरेसन गरिने भएको छ ।

कार्यक्रममा बोल्दै नेको इन्सुरेन्स लुम्बिनी प्रदेशका प्रबन्ध निर्देशक रमेश बहादुर थापाले कम्पनीले सवारि साधन, पशुपंक्षी, धनसम्पती लगायतका विभिन्न भविष्यमा आउनसक्ने जोखिम कम गर्नका लागि बिमा गर्दै आएको बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले कार्यक्रम आयोजना गरेको थापाले बताए ।

इन्सुरेन्सको क्षेत्रमा पहिलोपटक सामाजिक उत्तरदायित्वको स्वास्थ्य सम्बन्धी कार्यक्रम ल्याएको बताए । थापाले भोलिका दिनमा पनि विभिन्न अन्य कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष एंव शुद्धोधन–४ का अध्यक्ष राजेन्द्र कंडेलले शुद्धोधन क्षेत्रका आँखा सम्बन्धी समस्या भएकाहरु बुटवल धाउन नपर्ने गरि आफ्नै पालिकामा कार्यक्रम आयोजना गरेकोमा नेको इन्स्योरेन्सलाई धन्यवाद दिए ।

शिविरमा बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग तथा शुद्धोधन वडा न.४, फर्साटिकर युवा क्लब, फर्साटिकर ब्यापार संघ, मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रको सहयोग रहेको थियोे ।

नेको इन्सुरेन्स लुम्बिनी प्रदेशका प्रबन्ध निर्देशक रमेश बहादुर थापाको अध्यक्षता, शुद्धोधन–४ का अध्यक्ष राजेन्द्र कंडेलको प्रमुख आतिथ्यता, फर्साटिकर व्यापार संघका अध्यक्ष हुमाकान्त पाण्डेको शुभकामना मन्तव्य रहेको कार्यक्रमको संचालन इन्स्योरेन्स कम्पनी फर्साटिकर शाखा व्यवस्थापन अर्जुन थापाले गरेका थिए ।