भगवती हाइड्रोपावरको २१औँ वार्षिक साधारण सभा

मेचीकाली संवाददाता

१७ कार्तिक २०७८, बुधबार
778 shares

बुटवल । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सुविधानगर काठमाडौंको २१औँ वार्षिक साधारण सभा मंगलबार पोखरामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हरि प्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले संस्थाका भावी योजनाहरु सफल बनाउन सबैको साथ सहयोग आवश्यक पर्ने बताए । साथै लगानि विस्तार गर्न पाण्डेले आग्रह गरे ।

साधारण सभाले कम्पनीको आइपिओमा जाने निर्णय सर्वसम्मत रुपमा पारीत गरेको छ । कार्यक्रममा सहभागी सदस्यहरुका जिज्ञासाहरुमा अध्यक्ष पाण्डेले प्रष्ट पारेका थिए ।

बसन्त मोहन भट्टराईको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रको सञ्चालन अर्नुन बहादुर खवासले गरेका थिए ।