पेस्तोल सहित एक युवक पक्राउ

मेचीकाली संवाददाता

१७ कार्तिक २०७८, बुधबार
390 shares


कपिलवस्तु । मायादेवी गाउँपालिका–८ स्थित बिजुवा चोकबाट पेस्तोल र लागुऔषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कात्तीक १६ गते राती १०ः३० बजे मायादेवी गाउँपालिका–६ डुमरा घर भएका २२ वर्षीय फेराज अहमद मुसलमानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

भारतिय युपी–५५ एफ ०८६६ नम्बरको मोटरसाइकलमा चाकरचौडा बाट पकडी तर्फ आएका फेराजको साथबाट प्रहरीले १ थान पेस्तोल, २८ वटा कार्टिज र लागु औषध बरामद गरेको छ ।

आरोपीको साथबाट ४२ चक्की स्पास्मो र २१ चक्की नाइट्राजेपाम बरामद गरिएको छ । फेराज बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।