हत्या आरोपमा दुईजना पक्राउ

मेचीकाली संवाददाता

१७ कार्तिक २०७८, बुधबार
610 shares

सुनिल आचार्य
कपिलवस्तु । विजयनगर गाउँपालिका–९ बस्ने ४० वर्षीय चन्द्रबहादुर थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विजयनगर ६ का २६ वर्षीय जयनपुन मगर र वडा नं. ९ का २४ वर्षीय किरण भन्ने मुकेश महरा छन् । जयन पुन मगर मृतकका झड्केला छोरा हुन् ।

आफ्नी आमालाई दुख दिएको आरोपमा उनले मुकेश महराको सहयोग लिएर हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ । थापाको कार्तिक ४ गते विजयनगर गाउँपालिका–५ बनगार्ईस्थित पोखरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
त्यसदिन राति थापालाई मगरले बोलाएर स्कुटरमा लगेका थिए । लगेपछि मगर र महरा दुबैले कुटपिट गरी हत्यापछि पोखरीमा शव फालेको प्रहरीले जनाएको छ ।

‘आफू र आफ्नी आमालाई घरमा बस्न नदिएको रिसमा हत्या गरेको बयान दिएको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए ।
त्यसदिन महरा र मगर दुवैले मादक पदार्थ सेवन गरेका थिए । दुवैले राति १० बजे थापालाई बोलाई लु ४६ प ४१८९ मा चढाएर विजयनगर–५ पोखरीनजिक पु¥याएका थिए । कुटपिट गर्दा ज्यान गएपछि पोखरीमा फालिदिएका थिए ।

प्रतिवादी किरण महरा र अशोक भन्ने जयन पुन मगरलाई पक्राउ गरी सम्मानित जिल्ला अदालत कपिलवस्तुबाट कर्तव्य ज्यान मुद्धामा म्यादथप भई अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए । मृत लाशको घटनास्थल लास जाँच, प्रकृती, मुचुल्का गर्दा शंकास्पद देखिएकोले पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।