आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न

मेचीकाली संवाददाता

२४ कार्तिक २०७८, बुधबार
463 shares

सुनिल आचार्य
कपिलवस्तु । स्थानिय समुदायलाई सचेत पादै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत आवासको अधिकार सम्बन्धी सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजना तथा मानवअधिकार समुह बुद्धभुमिको समन्वयमा बुद्धभुमि–९ चौवन्नपुरमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी तथा बुद्धभुमि नगरपालिका–९ का अध्यक्ष खुमानन्द न्यौपानेले आवासको अधिकार अन्तरर्गत नगरपालिका भित्र रहेका दलित तथा विपन्न परिवारका लागी जनता आवास कार्यक्रम, सुरक्षित आवास र खरका छाना मुक्त गर्नका लागि यस आर्थिक बर्ष भित्रमा जस्तापाता वितरण गर्ने प्रतिबद्धता जनाए ।

उनले हरेक नागरिक सुरक्षित आवासमा बस्न पाउने अधिकार सुनिश्चित गर्न नगरपालिकाले योजना बनाई अगाडी बढी रहेको जानकारी दिए । नेपालको संविधानको मौलिकहक अन्तरर्गत धारा ३७ ले सुरक्षित आवासको अधिकारको ब्यवस्था गरेकोले स्थानीय सरकारले खरका छाना मुक्त गर्ने कार्यक्रमको शुरुवात गरेको बताए । संबिधानले तिन वटा सरकारको परिकल्पना गरेको छ त्यो भनेको प्रदेश सरकार, स्थानीय सरकार र स्थानिय सरकार हो उनले भने ।

संबिधानमा उल्लेख भएका मौलिक हकका अधिकार, नागरिकका अधिकार, आवासको अधिकार, स्वास्थ्य शिक्षाको अधिकार र खाद्यको अधिकारको बिषयमा कार्यान्वय गर्ने जिम्मेवारी स्थानिय सरकारको पनि भएको हुँदा कार्ययोजना अनुसार काम भैरहेको बताए । वडा नं. ९ मा ३ सय १२ घर धुरी खरको छाना रहेको लगत संकलन गरिएको थियो । जस अनुसार १० वटा घर जनता आवास कार्यक्रम मार्फत निर्माण भएको बताए ।
७० घरलाई टिन उपलब्ध गराउने उद्देश्य भए पनि समयमा रकम उपलब्ध हुन नसक्दा ३० घर परिवालाई मात्र टिनको पाता बितरण गरिएको छ तर जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी न्यौपानेले बताए । नगरपालिका तथा वडाले गर्ने योजनाका कामहरुमा सुशासन, पारदर्सिता र जवाफ देहिता भएर अगाडी बढीरहेको बताए । कोभिड १९ का कारण अघिल्लो आर्थिक बर्षमा कार्यक्रमहरु सम्पन्न गर्न सकिएन् यस आर्थिक बर्षमा समुदायलाई लक्षित गरेर खरको छानो मुक्त गर्ने लक्ष्य रहेको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बुद्धभूमि क्याम्पस ब्यबस्थापन समितीका अध्यक्ष तथा बरिष्ठ समाज सेवी राजेन्द्र राज आचार्यले घर आवास मानवका लागि अत्ती आवश्यक छ यस बिषयमा राज्यले पहल गर्नुपर्ने बताए । यस्तै साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष पदम प्रसाद खनालले वास्तबिक लक्षित बर्गहरुको समस्यालाई समाधान गर्न राज्य लाग्नु पर्ने बताए ।

यसैगरी महिला एकता समाज बास अधिकारकर्मी नारायणी पाण्डेले संबिधानमा उल्लेख गरिएका अधिकारका कुराहरु नागरिकहरुले प्राप्त गर्न नपाउनु दुखको कुरा भएको बताए । बर्षौ देखि अब्यबस्थित बसोवास गर्दै आएका नागरिकहरुलाई अबको चुनावमा जुन नेता भोट माग्न आउछन् पहिला उनिहरुसंग लालपुर्जा मागेर आफ्नो हातमा छोपे पछिमात्र बल्ल भोट दिनु होला भन्दै सहभागिहरुलाई सुझाव दिईन् ।
यस्तै सहभागिहरुले नगरपालिका संग पटक पटक टिन माग्न जाँदा नपाएको गुनासो गरेका छन् । खरको छानो मुक्त गर्ने सरकारको निती भए पनि हामीहरु खरको छानामुनि नै बस्न बाध्य भएको सेवाग्राहीहरुले गुनासो छ । दलितहरुका लागि कुनै सुबिधा नभएको भन्दै सरकारले जुनै निती ल्याए पनि आफुहरु खरकै चुहिने छानामुनि बस्न बाध्य भएको बताएका छन् । वडा बाट कर्मचारीहरु आएर लेखेर लगे पनि केही नपाएको सेवाग्राही सहभागिहरु बताउछन् ।
कार्यक्रम मानवअधिकार समुहका अध्यक्ष कृष्ण प्रसाद खनालको अध्यक्षतामा मानवअधिकार समुहका सदस्य महेन्द्र खनालको स्वागत मन्तब्य तथा समुहका सचिव रुपकराज खनालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको बारेमा इन्सेक सहजकर्ता पार्बती आचार्यले सहजीकरण गरेकी थिईन् ।