बुटवल–तानसेन सडकखण्ड रातको समयमा १५ दिन बन्द हुने

मेचीकाली संवाददाता

२४ कार्तिक २०७८, बुधबार
642 shares

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–तानसेन सडकखण्ड रातको समयमा १५ दिनका लागि बन्द भएको छ ।

बुटवल–तानसेन सडकखण्ड अन्तर्गत दोभान आसपास क्षेत्रमा सडक चौडा पार्नको लागि सोमबारदेखि मंसिर ६ गतेसम्म रातको समयमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द गरिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ ।

डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार उक्त सडक खण्ड बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म सडकखण्ड बन्द हुनेछ । उक्त समयमा एम्बुलेन्स र सुरक्षाका सवारीसाधन मात्र सञ्चालन हुन पाउने उनको भनाई छ ।
अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन् ।