‘प्रकोप पूर्वतयारी र क्षति न्यूनीकरणमा सहकार्य गरौं’

मेचीकाली संवाददाता

२५ कार्तिक २०७८, बिहीबार
473 shares

बुटवल । बुटवलको नयाँगाउँ आगलागी घटनामा भएको भौतिक क्षतिको सम्पूर्ण विवरण संकलन गर्न, क्षतिभएका संरचनाको पुनर्निर्माणका आवश्यक योजना बनाएर पेश गर्न प्रमुख शिवराज सुवेदीले उपमहानगरका प्राविधिकलाई निर्देशन दिएका छन् ।

घटनालगत्तै प्रमुख सुवेदीको नेतृत्वमा उपप्रमुख गुमादेवी आचार्य, वडाअध्यक्षहरु घटनास्थलमै पुगेर पीडित र प्रभावितहरुसंग साक्षात्कार गरेका थिए । सडकमा रोकिएको प्रज्वलनशील पदार्थको गाडीबाट सल्केको आगोले स्थानीय गोपाल पाण्डेको घर र पसल, मीना मरासिनीको पसल र घरमा आगलागीले क्षति पुर्‍याएको छ ।

घर र पसलमा भएका सामान, नगदसहित केही महत्त्वपूर्ण कागजात जलेर नष्ट भएको प्रारम्भिक विवरण संकलन भएको र क्षतिको यथार्थ विवरण संकलन भइरहेको वडाअध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए ।