एमाले महाधिवेशन प्रतिनिधी चयनका लागि ३ स्थान तोकिए

मेचीकाली संवाददाता

२५ कार्तिक २०७८, बिहीबार
591 shares

कपिलवस्तु । नेकपा (एमाले) को दशौ राष्ट्रिय महाधिवेशनका लागि एमाले कपिलवस्तुले निर्वाचन अधिकृतका निम्ति अभिमुखिकरण कार्यक्रम विहिबार बाणगंगा नगरपालिकाको जितपुरमा सम्पन्न गरेको जनाएको छ । महाधिवेशनका लागि कात्तिक २६ गते विहान ८ः०० बजे देखि ११ बजे सम्म प्रतिनिधीको मनोनयन तालिका रहेको निर्वाचन समितिले जनाएको छ ।

जिल्लाको क्षेत्र नं. १ का लागि ओदारी, २ का लागि जिल्ला पार्टी कार्यालय तौलिहवा, क्षेत्र नं. ३ का लागि ब्यापार संघ चन्द्रौटा र दलितका निम्ति गोरुसिंगेमा उम्मेदवारी मनोनयन दर्ता हुने एमाले कपिलवस्तुले जनाएको छ ।

त्यस्तै कात्तिक २७ गते बिहान १० बजे देखि दिउँसो ३ः०० बजे सम्म मतदान समय तालिका रहेको एमाले कपिलवस्तुले जनाएको छ । मतदान केन्द्रहरु क्षेत्र नं. १ का लागि सिद्धार्थ क्याम्पस बुङ्गची र बग्दी विद्यालय, क्षेत्र नं. २ का लागि जिल्ला पार्टी कार्यालय तौलिहवा र गोरुसिंगे क्षेत्र नं. ३ का लागि चन्द्रौटा, गणेशपुर जिल्ला दलित मतदान केन्द्र गोरुसिंगे कायम गरेको एमाले कपिलवस्तुले जनाएको छ ।

अभिमुखिकरण कार्यक्रम एमाले केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य विमला घिमिरे, एमाले लुम्बिनी प्रदेश कार्यालय सचिव बलराम अधिकारी लगायतले मन्तब्य राखेको एमाले जिल्ला सचिव बाबुराम आचार्यले बताए ।

एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा एमाले नेताहरु कृष्ण पौडेल, डम्मर शर्मा लगायतका नेताहरुको आतिथ्यता रहेको एमाले जिल्ला कार्यालय सचिव धर्मराज भुसालले बताए । एक दिवसिय अभिमुखीकरण कार्यक्रमा जिल्लाका ३२ जना निर्वाचन प्रमुख एवम् अधिकृतहरुको उपस्थिती रहेको एमाले जिल्ला प्रचार विभागले जानकारी दिएको छ ।