अन्तरक्रिया कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२५ कार्तिक २०७८, बिहीबार
362 shares

सुनिल आचार्य
कपिलवस्तु । वाल अधिकार चेतना समुहको आयोजना तथा इन्सेक कपिलवस्तुको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका वडा नं. १ बैरिया स्थित वाल माबिमा इन्सेकद्वारा गठन गरिएको वाल अधिकार चेतना समुहका पदाधिकारीहरुका लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा वाल माबि वैरियाका प्रधानाध्यापक अर्जुन शाहीले वालबालिकाहरुले आफुले प्राप्त गर्ने अधिकार आफैले खोज्न आवश्यक भएको बताए । आफुलाई चाहिएको अति आवश्यक बिषयबस्तुहरु अभिभावकसँग माग्न र भन्न सके वालवालिकाहरुको अधिकार हनन नहुने बताउँदै वालबालिकाहरुका लागि बिद्यालयमा हुने बिभिन्न गतिविधीहरुमा पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए । वालबालिकाहरुलाई जागरुक बनाउन इन्सेकले गरेको सहयोग र समन्वय प्रति आभार व्यक्त समेत गरे ।

यस्तै वाल अधिकार चेतना समुहका संरक्षक शिक्षक ओम प्रकाश घिमिरेले बालबालिकाहरुले मानव अधिकार र वाल अधिकारको बारेमा जान्न र बुझन् पाएको बताए । इन्सेकले बाल माबिलाई छनोट गरेर यस बिद्यालयका बालबालिकाहरुको समुह गठन गरी बिभिन्न गतिबिधीहरुमा सहयोग गरेको भन्दै इन्सेकलाई धन्यवाद दिए ।

अन्तरक्रिया कार्यक्रममा मानव अधिकार समुह बाणगंगाका उपाध्यक्ष ईन्दीरा पन्तले बालबालिकाको अधिकारको बारेमा जानकारी दिएकी थिईन् । बिद्यालयमा भएका समस्याहरुलाई निर्धक्क भएर उठान गर्न बाल अधिकार चेतना समुहका पदाधिकारीहरुलाई आग्रह गरिन् । उनले बालबालिकाहरुले संबिधानमा उल्लेख भए अनुसारको शिक्षाको अधिकार आफुहरुले प्राप्त गर्न सकिएको छ कि छैन सो बिषयमा चनाखो हुनुपर्नेमा जोड दिईन् ।

इन्सेक सहजकर्ता पार्वती आचार्यले वाल अधिकार चेतना समुह गठनको बारेमा जानकारी दिएकी थिईन् । वाल अधिकार गठनले वालबालिकाहरुले आफ्ना समस्याहरु सजिलै राख्न र भन्न सकुन, बिद्यालयमा देखिएका समस्याहरुलाई संबन्धित निकाय सम्म पुराउन सकुन र अधिकार बाट बञ्चित नहोउन भन्ने उद्देश्य रहेको जानकारी दिईन् ।

समुहका अध्यक्ष प्रशान्त खनालले इन्सेकको काम, कर्तब्य र यसको अधिकारको बिषयमा धेरै जानकारी लिन पाएको भन्दै इन्सेकलाई धन्यवाद दिंदै खुशी ब्यक्त गरे । उनले शिक्षाको अधिकारकाबाट बञ्चित भएका वालबालिकाहरुलाई अधिकार दिलाउनकालागि समुहले सहयोग गर्ने बताए । आफुले जानेका कुराहरु बिद्यालयका बिद्यार्थीहरुहरुलाई सिकाउने र आफ्नो अधिकार प्राप्तका लागि पछि नहट्ने उनको भनाई छ । सानो सहयोगले बिद्यालयमा गरिने अतिरिक्त क्रियाकलापहरुबाट बालबालिकाहरुले धेरै कुराहरु सिक्ने बताए ।

यसैगरी समुहका सदस्यहरुले हामी बालबालिकाका समस्याहरुलाई बुझेर अन्तरक्रिया कार्यक्रमको समन्वय गरिदिएकोमा इन्सेकलाई धन्यवाद दिएका थिए । कार्यक्रम समुहका अध्यक्ष प्रशान्त खनालको अध्यक्षतामा, समुहका उपाध्यक्ष रुपा घिमिरेको स्वागत तथा सचिव अरुण बेल्बासेको संचालनमा कार्यक्रम बाल माबि बैरियामा सम्पन्न भएको थियो ।