कुर्घा–रुपन्देही सम्पर्क समाजद्धारा रक्तदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२६ कार्तिक २०७८, शुक्रबार
747 shares

बुटवल, कार्तिक २६ । गुल्मी कुर्घा–रुपन्देही सम्पर्क समाजले शुक्रबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष तेज नारायण अर्यालको अध्यक्षता तथा प्रदेश सभा सदस्य खड्का बहादुर खत्रिको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

समाजले प्रत्येक वर्ष बार्षिक कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम गर्दै आएको र अन्य समाजिक उत्तरदायित्वका कार्यक्रम समेत सञ्चालन गर्दै आएकोे समाजका अध्यक्ष अर्यालले बताए । बुटवलको रक्तसंचार केन्द्रमा सञ्चालन भएको कार्यक्रममा ५२ युनिट रगत संकलन भएको थियो । उक्त कार्यक्रमलाई समाजका अध्यक्ष अर्यालले आफ्नो जन्मदिनको अवसरमा प्रायोजन गरेका थिए ।

गुल्मीको कुर्घामा जन्म भुमि भई रुपन्देहीलाई कर्मथलो बनाउदै आएका व्यक्तीहरुको एकता र पहिचानको लागि संस्था निमार्ण गरिएको समाजका सचिव प्रकाश थापाले बताए ।