असल वचतको १४ औं साधारण सभा

मेचीकाली संवाददाता

२६ कार्तिक २०७८, शुक्रबार
498 shares

तुलसी राम पौडेल
फर्साटिकर , कार्तिक २६

रुपन्देहीको शुद्धोधन गाउँपालिका – ४ सौ फर्साटिकर स्थित असल वचत तथा ऋण सहकारी संस्था लि. को १४ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भयो । शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्ता ज्ञवालीले सो साधारणसभाको उदघाटन गर्नुभयो । सो अवसरमा बोल्दै वहाँले सहकारीलाई अगाडि बढाउन सम्पूर्ण शेयरसदस्यहरुले शेयर सदस्य संख्या बढाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा असल ऋणी सम्मान कार्यक्रम अन्तर्गत लालुमाया थापा र हरि बहादुर बराललाई सम्मान गरिएको थियोे । त्यसैगरी असल वचत कर्तामा राधा पाठक पाण्डेय , दोक नारायण शर्मालाई सम्मान गरिएको थियोे ।

सहकारीले शेयर सदस्य घर परिवारका ८० वर्ष माथिका वृदवृदाहरुलाई सम्मान गरेको छ ।
त्यसै गरी सहकारीले कक्षा १२ , स्नातक तह,एस इ इ मा उत्कृष्ट नम्बर ल्याउने शेयर सदस्य सन्ततिलाई समेत पुरस्कारले सम्मान गरेको छ।
कार्यक्रममा शुद्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कंडेल ,सस्थाका सस्थापक अध्यक्ष मधु प्रसाद खनाल ,सस्थाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार झलक बहादुर थापा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
सस्थाका अध्यक्ष बालकृष्ण पराजुलीको अध्यक्षता, शुद्दोधन गाउपालिका उपाध्यक्ष शान्तादेवि ज्ञवालिको प्रमुख आतिथ्यता, शुद्दोधन गाउपालिका वडा नम्बर ४ का वडा अध्यक्ष एवं गाउपालिका प्रवक्ता राजेन्द्र कंडेलको विशिस्ट आतिथ्यता,सस्थाका अध्यक्ष बालकृष्ण पराजुलीबाट वार्षिक प्रतिवेदन प्रस्तुत ,कोषाध्यक्ष सालिकराम बस्यालबाट आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखा समिति संयोजक बलराम पान्डेबाट लेखा प्रतिवेदन प्रस्तुत ,सस्थाका उपाध्यक्ष कर्ण बहादुर काफ्लेबाट स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन सचीव हेमन थापाले गर्नुभएको थियो ।