कांग्रेस कपिलवस्तु क्षेत्र नं.१ (क) मा मंगल थारुको उम्मेदवारी घोषणा

मेचीकाली संवाददाता

२७ कार्तिक २०७८, शनिबार
264 shares

कपिलबस्तु । कपिलवस्तु जिल्लामा अहिले नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रको चुनावी माहोल तातेको छ । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ (क) को सभापतिमा मगंलप्रसाद थारु नेतृत्वले शनिबार एक कार्यक्रमका बिच प्यानल घोषणा गरेको छ । सभापतिसहित प्रदेश प्रतिनिधिको समेत प्यानल बनाई चुनावी माहोलमा जाने पक्का भएको छ । यद्यपि सहमति र सहकार्यका लागी आफू सदैव तयार रहेको सभापतिका दावेदार मगंलप्रसाद थारुले बताए ।

उनले यस क्षेत्रमा काग्रेसलाई थप बलियो बनाउनका लागी पनि आफूलाई जिताउन आग्रह गरेका छन् । थारु दशकौबाट राजनिति र सामाजिक सेवामा सक्रिय रहेका छन् । १२ औँ महाधिवेशनमा वडा सभापति, १३ औँ महाधिवेशनमा नगर सभापतिमा बिजयी भइसकेका छन् ।

घोषित प्यानलको उपसभापति कृष्णबहादुर कार्की र कृष्णमुरारी ज्ञवाली, सचिवमा दलबहादुर थापा ( ईश्वर) रामवलि थारु, सहसचिवमा अब्दुलहक फकिर र पुष्पा थारु रहेका छन् । प्रदेश प्रतिनिधि (प्रत्यक्ष महिलामा) लक्ष्मी गौतम ढकाल, लक्ष्मी कँडेल, इन्दीरा तिमिल्सिना, प्रदेश प्रतिनिधि (प्रत्यक्ष पुरुषमा) रामजि सेन, रुकबहादुर भुसाल, टोपनारायण भण्डारी, खडगबहादुर थापा, पशुपति आचार्य, बुद्धिबहादुर रोकाहा (दिनेश) युवराज केसी रहेका छन् ।

अन्य बिभिन्न कोटामा प्रदेश प्रतिनिधिमा उषा नेपाल, बिनोद घिमिरे, लक्ष्मी थारु, भिखु थारु, दुर्गाप्रसाद चौधरी, भरतकुमार थापा, कृष्णप्रसाद न्यौपाने, माया परियार र जुवेर अहमद धोवी रहेका छन् ।