सहर्ष सहकारीको ११ औं साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२७ कार्तिक २०७८, शनिबार
412 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देही शुद्धोधन गाउँपालिका–२ स्थित सहर्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ साधारणसभा शनिबार सम्पन्न भएको छ ।

शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले कार्यक्रम उद्द्दटन गर्दै संस्थाले सामाजिक दायित्वका साथ काम गर्दै अगाडि बढेकोमा संस्थालाई धन्यवाद दिए । आगामी वर्षहरुमा पनि संस्थाले सेयर सदस्यहरुलाई उचित कर्जामा लगानी बढाउने साथै सेयर सदस्यहरु बढाउँदै यस क्षेत्रमा नमुना संस्था बनाउनुपर्नेमा जोड दिए ।

शुद्धोधन–४ का अध्यक्ष तथा प्रवक्ता राजेन्द्र कँडेलले सहकारीले सबैलाई समेटेर सहकार्य गरेकोमा धन्यवाद दिँदै सहकारीले कृषिमा लगानि गर्नुपर्नेमा जोड दिए । सहकारीले गाउँपालिकासँग सहकार्य गरी पालिकाका स्थानीयवासीलाई रोजगारमूलक कार्यक्रम ल्याउन आग्रह गरे ।
संस्थाका अध्यक्ष दलबहादुर श्रिसको अध्यक्षता, शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीको प्रमुख आतिथ्यता, शुद्धोधन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली र वडा नं ४ का वडा अध्यक्ष राजेन्द्र कँडेलको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष श्रीसले सञ्चालक समितिको संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीमा हाल ५६१ जना शेयर सदस्य रहेका छन् ।

आन्तरिक लेखा सुपरिवेक्षणका संयोजक खिमानन्द भुसाल र कोषाध्यक्ष देविराम मरासिनीले प्रस्तुत गरेको प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको छ । उक्त कार्यक्रममा भुजौली इङ्लिस स्कुलका प्रिन्सिपल झलक थापा, महाकल्प कृषि सहकारीका अध्यक्ष विष्णु गौतम, शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञवालीलगायतले शुभकामना दिएका थिए ।

संस्थाका उपाध्यक्ष दशरथ चौधरीको स्वागत र संस्थाका सचिव योगराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।