इन्धनको मूल्यवृद्धि विरुद्ध अनेरास्ववीयू बुटवल क्याम्पसद्धारा प्रर्दशन

मेचीकाली संवाददाता

२८ कार्तिक २०७८, आईतवार
475 shares

बुटवल । इन्धनको मूल्यवृद्धि विरुद्ध अनेरास्ववीयू बुटवल बहुमुखी क्याम्पस कमिटिले बिरोध प्रर्दशन गरेको छ ।

नेपाल आयल निगमले गत बिहीबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थ तथा ग्यासमा गरेको मूल्यवृद्धिको विरोध गर्दै फिर्ता गर्ने मागसहित अनेरास्ववीले लगातार आन्दोलन गदै आएको छ । आइतबार पनि अनेरास्ववीयू बुटवल बहुमुखी क्यापस कमिटिले क्यापसको गेट अगाडी १ घण्टा चक्का जाम गरेको हो ।

निगमले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । यससँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।

इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेको भन्दै अनेरास्वियु बुटवल बहुमुखी क्याम्पसले मूल्यवृद्धि तुरुन्त फिर्ताको माग गरेको छ ।

सरकारले मुल्य वृद्धि फिर्ता नलिएसम्म कडा आन्दोल गरिने अनेरास्ववीयु बुटवल क्याम्पस कमिटि अध्यक्ष गोबिन्द रिजालले बताए । बिरोध प्रर्दशन कार्यक्रममा अनेरास्ववीयूका क्याम्पस कमिटि उपाध्यक्ष प्रेम बस्याल लगायत बिद्यार्थीरुको सहभागिता रहेको थियो ।