हाम्रो जागृति सगरमाथा सहकारीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

२८ कार्तिक २०७८, आईतवार
523 shares

बुटवल । तिलोत्तमा–२ योगिकुटीस्थित हाम्रो जागृति सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकीकृतपछिको दोस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा सहकारीका अध्यक्ष लोकनाथ पाण्डेको अध्यक्षता, जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष प्रकाश भट्टराईको प्रमुख आतिथ्यता, संस्थाका पूर्वअध्यक्ष गुरुप्रसाद पौडेलको विशिष्ट आतिथ्यता रहेको थियो ।

अध्यक्ष पाण्डेले वार्षिक नीति तथा कार्यक्रम र सञ्चालक समितिबाट आर्थिक वर्ष ०७७÷०७८ मा भएका निर्णयहरु, संस्थाका रणनीतिक योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन कोषध्यक्ष विष्णुप्रसाद गैरेले प्रस्तुत गरेका थिए । लेखा परीक्षण प्रतिवेदन लेखा समिति संयोजक विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि भट्टराईले सहकारीहरु सरकारको नीतिअनुसार मर्जरमा जानुपर्ने बताए । सहकारीहरुलाई सहकारी मूल्य मान्यताहरुको आधारमा सञ्चालन गर्न सुझाव दिँदै जवाफदेहिता र इमान्दारीता सहकारी सञ्चालनको प्रमुख तत्व भएको उल्लेख गरे । साथै उनले सहकारी संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बेलप्रसाद शर्मा, डिलुराम तिवारी, टंकप्रसाद पौडेल, काशीराम काफ्ले, कृष्णबहादुर केसी, एबकुमारी कार्की, यमलाल पोखरेल, खेमराज खनाल, मनिराम भट्टराई, तिर्थराज शर्मा, छविलाल गैरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

हाल संस्थामा १ हजार ८ सय १३ जना शेयर सदस्य रहेका छन् भने संस्थाको शेयर पुँजी ४ करोडभन्दा बढी रहेको छ । साधारणसभामा उकृष्ट विद्यार्थी तथा विभिन्न बौद्धिक व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष होमप्रसाद शर्माको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रको सञ्चालन सचिव तोलाकान्त डुम्रेले गरेका थिए ।