किशोरी अधिकार मञ्च र महिला मानव अधिकार रक्षक सञ्जालबीच अन्तरक्रिया

मेचीकाली संवाददाता

२९ कार्तिक २०७८, सोमबार
281 shares

पार्बती आचार्य
कपिलवस्तु । किशोरी अधिकार मञ्च कपिलवस्तु र महिला मानव अधिकार रक्षक सञ्जालबीच महिलावादी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । किशोरी अधिकार मञ्च, कपिलवस्तु र महिला मानव अधिकार रक्षक सञ्जालको आयोजनामा, ओरेक र केएर नेपालको आर्थिक सहयोगमा तौलिहवामा सम्पन्न भएको हो ।
कार्यक्रममा तीनपुस्ता बीच संबाद गरिएको थियो । समता र समानतामूलक समाज निर्माणका लागि एक पुस्ताबाट अर्को पुस्ता बिचको अनुभव सिकाई हस्तान्तरण र दुई पुस्ता बिचको खाडललाई पुर्दै महिलाबादी अभियानमा एक्यबद्धता गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । अन्तरपुस्ता संबादमा किशोरी, तीसदेखि ४० वर्षभन्दा माथिका उमेर समूहका महिलाहरुले महिलावादी आन्दोलनका आफ्नो जीवनकथाहरु सुनाएका थिए ।
यसैगरी कार्यक्रममा कपिलवस्तु नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगञ्ज नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका, यशोधरा गाउँपालिकाका २१ जना किशोरी महिला अधिकारकमीहरुको सहभागीता रहेको थियो । किशोरी अधिकार मञ्च कपिलवस्तु जिल्लाको गाउँमा सानो सानो समूहमा संगठित हुँदै आएको थियो ।
उक्त संस्था २०७५ सालमा जिल्लास्तरीय रुपमा प्रदेश कानुन तथा आन्तरिक मामिला मन्त्रालयमा दर्ता भई समावेशी र समतामूलक समाज निर्माणका लागि पैरवी गरिरहेको छ । जसको सवाल उसैको नेतृत्वका साथ किशोरीका मुद्दाहरु उठान गर्ने र स्थानीय सरकार, निकायहरुसँग पैरवी तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको ओरेक, नेपालका फिल्ड कार्यक्रम अधिकृत धनकुमारी चौधरीले बताइन् ।
हाल किशोरीहरुको वडास्तरमा २५ जना सदस्य , पालिकास्तरमा १५ जना र जिल्लास्तरमा ११ जनाको सदस्यीतामा गठित भएको छ भने सञ्जालमा करिब १२ सय जना किशोरीहरु आबद्ध छन् । कार्यक्रम किशोरी अधिकार मञ्चकी अध्यक्ष किशोरी अक्षिता शुक्लको सञ्चालनमा संगीता चौरसीया र धनकुमारी चौधरीको सहजीकरणमा भएको कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष मीना परियारले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् ।
यसैगरी कार्यक्रममा आफनो जीवनको लामो समयसम्म मानव अधिकारको क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मी पुष्पा रेग्मी, माया ज्ञावाली र रुकैया खातुनले जीवनका भोगाई अनुभव र परेका समस्याको समाधानका बारेमा समेत व्यक्त गरेका थिए ।