कपिलवस्तमा विप्लवका जिल्ला इन्चार्जसहित १६ जना पक्राउ

मेचीकाली संवाददाता

३० कार्तिक २०७८, मंगलवार
612 shares

कपिलवस्तु । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव कपिलवस्तुमा पनि परेको छ ।

बन्दका कारण लामो तथा छोटोदुरीका सवारी साधन चल्न सकेका छैनन् । विप्लवको बन्दका कारण विहानैदेखि नियमित गाडीहरु संचालनमा आउन सकेका छैनन् । बन्द गराउन हिडेका विप्लवका जिल्ला जिल्ला सेक्रेटरी कमल केसी सहित १६ जना विद्यार्थी नेता, कार्यकर्ता तथा किसानलाई प्रहरीले विभिन्न ठाँउबाट पक्राउ गरेको छ ।

बन्दकर्ताहरुले ढुंगामुडा गर्दै अवरोध गर्न थालेपछि वाणगंगा नगरपालिका ४ नम्बर क्षेत्रबाट ९ जना, गोरुसिंगेबाट १ जना र चन्द्रौटाबाट ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय तथा इलाका प्रहरी कार्यलयबाट प्रहरीहरु चोकचोकमा परिचालित भएका छन् । जनताको शान्ती सुरक्षाका लागि प्रहरी गस्तीमा परिचालित भएका छन् ।