प्रहरीलाई एक जवान एक बिस्तारा हस्तान्तरण

मेचीकाली संवाददाता

२ मंसिर २०७८, बिहीबार
513 shares

पार्बती आचार्य

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले एक जवान एक विस्तारा कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरीहरुको आबश्यकतालाई बुझेर एक जवान एक बिस्तारा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुको आधारभूत आवश्यकतालाई मध्यनजर गर्दै प्रहरी कर्मचारीहरु सरुवा भएपछि बिस्तारा नै बोक्दै हिड्नुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागि प्रहरी जवानहरुलाई बिस्तारा हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत १ सय ७३ जना प्रहरीलाई म्याट्रेस (डसना) को व्यवस्थापन गरि प्रत्येक प्रहरी कर्मचारीलाई वितरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए । अब जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सरुवा भएर आउने प्रहरी जवानहरुलाई बिस्तारा बोक्नुपर्ने बाध्यता हटेको भन्दै प्रहरी कर्मचारीहरुले खुशी ब्यक्त गरेका छन् ।