ऐतिहासिक दरबहवा मेला सुरु

मेचीकाली संवाददाता

३ मंसिर २०७८, शुक्रबार
620 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको राजधानी मानपकडी शुद्धोधन–५ मानपकडीस्थित भुनेश्वरी कोटहीमाई दरबहवा मेला हरेक वर्षको कार्तिक पूर्णिमादेखि सुरु हुन गरेको मेला यो वर्ष बृहत् रुपमा सुरु भएको छ ।
दरबहवा मेला हजारौं वर्षदेखि लागि रहेको भुनेश्वरी कोटहीमाई दरबहवा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिपिन कुर्मीले बताए । ओझेलमा रहेको ऐतिहासिक मन्दिरलाई अहिले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले ध्यानाकर्षण गरेको छ । मन्दिर परिषद्मा ऐतिहासिक पक्षको बारेमा जानकारीका लागि उत्खनन पनि भएको र यस ऐतिहासिक मन्दिरलाई एउटा पर्यटकीय स्थलको रुपमा ल्याउनको लागि शुद्धोधन गाउँपालिकाको पहलमा र प्रदेश सरकारको सहयोगमा पर्यटकीय स्थलको पहिलो चरणको निर्माण कार्य अन्तिम चरणमा रहेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले बताए ।
यस्तै भक्तजनको भिडभाडलाई मध्यनजर गरी शुद्धोधन गाउँपालिकामा जनप्रतिनिधि यथार्थ स्थानीय सरकार आएपछि यस ऐतिहासिक स्थानको हित र एउटा पहिचानका लागि गाउँपालिका अध्यक्ष चौधरी लागि परेका थिए ।
सो ऐतिहासिक क्षेत्र भुनेश्वरी कोटहीमाइ दरबहवा क्षेत्रमा पर्यटन र कृषि योजनाको माध्यमबाट आफ्नो पहिचान स्थापित गर्नेका लागी शुद्धोधन गाउँपालिकाले ग्रिन चिन्ड्रेन पार्क यथार्थ शुद्धोधन पार्क तथा सेल्फी पार्क नामबाट मात्रै नभए धेरै नामबाट चिनिने पार्कको पहिलो चरणको कार्य अन्तिम चरणमा पुगेको छ । रुपन्देहीका ऐतिहासिक महत्वपूर्ण ठाउँहरुमध्ये भुनेश्वरी कोटहीमाइ दरबहवा मन्दिर पनि एक हो । हरेक वर्ष कार्तिक पूर्णिमाबाट ऐतिहासिक रुपमा ५ दिनसम्म मेला लाग्ने गर्दछ ।
मेलामा नेपालका बिभिन्न जिल्ला र छिमेकी देश भारतदेखिसमेत भक्तजनको घुइँचो लागेको र मन्दिरमा दर्शन गर्न आउने भिडलाई समाल्न धेरै गा¥हो भएको इलाका प्रहरी कार्यालय बनघोसरी छपिया र सशत्र प्रहरी कार्यालय अमुवाले बताएका छन् ।
मेलामा विभिन्न बाल उत्थान जस्तै ः चर्खेपिङ, सर्कस र मुख्य आकषर्ण, शुद्धोधन पार्कलगायतका बालबालिकालाई मनोरञ्जनात्मक खेलहरु, राष्ट्रिय कलाकार र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति, स्थानीय उत्पादन, कृषि सामग्रीहरु, विभिन्न जातिका गाईभँैसी, बाख्राहरुका प्रदर्शन र दरबहवा क्षेत्रमा रहेको सुखली नदीलाई आकषर्ण बनाउनको लागि डुङ्गासमेतको व्यवस्था गरेको शुद्धोधन गाउँपालिका–५ का अध्यक्ष पुन्नेराम गौतमले बताए ।
गतवर्ष कोरोना भाइरसका कारणले मेलाको चहलपहल धेरै पातलिए पनि यस वर्ष मेलाको रौनक धेरै नै भएको छ । रुपन्देही जिल्लाकै लुम्बिनीपछिको पर्यटन स्थल भनेकै दरबहवा मन्दिर भुनेश्वरी कोटहिमाई मन्दिर रहेको स्थानीयवासीहरुको दाबी रहेको छ ।