रामघाटमा भक्तजनहरुको घुइँचो

मेचीकाली संवाददाता

३ मंसिर २०७८, शुक्रबार
301 shares

कपिलवस्तु । कार्तिक शुक्ल पुर्णिमाका दिन बाणगंगा नदीअन्तर्गत कपिलवस्तु नगरपालिका– ३ रामघाटमा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । रामघाट मेला जिल्लाकै सबै भन्दा पुरानो मेला हो रामघाट मेला व्यवस्थापन समितिका अनुसार यस वर्ष गत वर्षको तुलनामा श्रद्धालु भक्तजनहरुको संख्यामा बृद्धि भएको बताएका छन् । कार्तिक शुक्ल पुर्णिमाको दिन बाणगंगा नदीका विभिन्न स्थानमा परम्परागत मेला लागेको छ बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हदौनालगायतका स्थानहरुमा मेला लाग्ने गर्दछ ।
प्राचीन भागिरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व बोकेको श्रद्धालु भक्तजनहरुको भनाइ छ । मेलामा टाढा टाढाका भक्तजनहरु भारतको शोहरतगढ, तुल्सीपुर, शोहरतगढ,अलीगढवा तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाँचीलगायतका स्थानका मानिस समेत आएका थिए ।
भक्तजनहरुले अघिल्लो दिनको रात भरी जाग्रम बसी भजन क्रितन गर्दै बिहान सबेरै नदीमा स्नान गरी राम जानकी मन्दिरमा गएर पूजाआजा गरेका थिए । आजको दिन नदीमा स्नान गरी पुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक विश्वास छ । सो अवसरमा सयाँै भक्तजनहरुले पूजापाठ गरी गौदानसमेत गरेका थिए । त्रेतायगुमा भगवान् राम वनवास जानेक्रममा प्यास लागे पछि अर्जुनले बाण हानेर पानी निकालेको र रामले पानी खाएपछि यस स्थानको नाम रामघाट हुन गएको किंवदन्ती छ ।
भगवान् राम, सीता र लक्ष्मण नुहाएको नदीमा स्नान गरी गौसहीत अन्नपात दान गर्नाले बैतर्नी पार हुन्छ । बावुबाजकै पालादेखि लाग्ने यो मेला जिल्ला कै सबैभन्दा पुरानो रहेको श्रद्धालु भक्तजनहरु बताउँछन् ।
मेलामा जिल्लासहित भारत, छिमेकी जिल्लाहरुलगायतका स्थानहरुबाट ठुलो संख्यामा सन्त, महन्त, साधुहरुहरु आएको कपिलवस्तु नगरपालिका वडा ३ का वडा अध्यक्ष प्रकाश गैरेले बताए । भक्तजनहरु रातभर भजनकिर्तन, पूजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए । मेलामा हुन सक्ने विभिन्न घटनाहरुलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचान गरिएको थियो ।