सियारी गाउपालिकामा गाउब्लक जग्गाको लालपुर्जा वितरण

मेचीकाली संवाददाता

३ मंसिर २०७८, शुक्रबार
675 shares

तुलसी राम पौडेल —- सियारी, मंसिर ३

रुपन्देहीको सियारी गाउपालिका अन्तरगत वडा नम्बर २ र ३ का वर्षौदेखि कमाइरहेका गाउँ ब्लकका जग्गाको लालपुर्जा वितरण गरिएको छ। नापी कार्यालय रुपन्देहीको आयोजना तथा सियारी गाउपालिकाको सह आयोजनामा लालपुर्जा वितरण गरिएको हो।वर्षौदेखि भोग चलन गरिरहेका सियारी गाउपालिका वडा नम्बर २ र ३ का गरि ९३ घर परिवारलाई शुक्रवार एक कार्यक्रमका बीच जग्गा धनी प्रमाणपत्र वितरण गरिएको छ। सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले जग्गा भोग चलन भएको तर प्रमाणपत्र नभएको गाउँ ब्लकको जग्गालाई लालपुर्जा वितरण गरि जग्गाको मालिक बनाइएको बताउनु भयो।
नापिशाखा रुपन्देहीका प्रमुख अजित कुवरले दुई वर्ष भित्र गाउब्लक जग्गाका सम्पूर्ण लालपुर्जाहरु वितरण गर्ने नेपाल सरकारको निति अनुसार लालपुर्जा वितरण गरिएको बताउनु भयो। प्राप्त गरिएको यस किसिमको पुर्जा बाट आवश्यक परेको बेलामा बैंकमा धितो राखी ॠण निकाल्न सकिने उहाको भनाइ थियोे ।
सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले चुनावमा गरिएको प्रतिबद्धता अनुसार सियारी गाउपालिकामा कार्यहरू सम्पन्न भएको बताउनु भयो।
नापी शाखा रुपन्देहीका प्रमुख अजित कुवरको अध्यक्षता, सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, गाउपालिका उपाध्यक्ष अमृता गुरुङको विशिस्ट आतिथ्यतामा,सियारी गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष घिसन अहिर र ,इन्जिनियर अनिल चौधरीको आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराई र प्रशासन प्रमुख चिरञ्जीवी गौतमले गर्नुभएको थियोे ।