सियारी गाउपालिकाको आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न

मेचीकाली संवाददाता

४ मंसिर २०७८, शनिबार
340 shares


तुलसी राम पौडेल —
सियारी, मंसिर

रुपन्देहीको सियारी गाउपालिकामा १ दिने निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ।
सियारी गाउपालिकाको आयोजना र लुम्बिनी रण अम्बिका आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा उक्त आँखा शिविर सम्पन्न भएको हो ।
सियारी गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले
आँखा जाँच गरेर शिविरको एक कार्यक्रमका बिच उदघाटन गर्नु भयो। सो अवसरमा बोल्दै उहाले आँखा महत्त्वपूर्ण अंग भएकोले खेलवाड गर्न नहुने बताउनु भयो। सियारी गाउपालिकाले आँखा जाचको क्रममा देखिने मोतियाविन्दुका आँखा रोगिहरुलाई निशुल्क अप्रेसनको व्यवस्था गरेकोले सियारीबासीले यस अवसरलाई उपयोग गर्न आग्रह गर्नुभयो ।
सम्पन्न आँखा शिविरमा २०७ जनाले आँखा जाँच गराएका थिए जसमध्ये मोतियाविन्दुका ८८ जना र मधुमेहका १८ जना विरामी भेटिएका थिए ।
गाउपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईको अध्यक्षता, गाउपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यता, गाउपालिका उपाध्यक्ष अमृता गुरुङको विशिस्ट आतिथ्यता, लेखा प्रमुख नारायण प्रसाद पौडेल,प्रशासन प्रमुख चिरञ्जीवी गौतमको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीले गर्नुभएको थियोे ।
लुम्बिनी रण अम्बिका आँखा अस्पताल भैरहवाका प्राविधिक टोलिका सन्जिव अधिकारीको संयोजकमा कार्यक्रम सम्पन्न भएको थियो ।