सियारीमा पोषण तथा खाद्य सुरक्ष सम्बन्धि समिक्षा बैठक सम्पन्न

मेचीकाली संवाददाता

६ मंसिर २०७८, सोमबार
400 shares

तुलसीराम पौडेल
सियारी। रुपन्देहीको सियारी गाउँपालिकामा गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा दीगोपना कार्यशालाको समिक्षा बैठक सम्पन्न भएको छ ।

सेतो गुराँस बाल बिकास सेवा रुपन्देहीमार्फत सञ्चालित सुहारा कार्यक्रमको प्राविधिक सहयोग, युएसएआइडी को आर्थिक सहयोगमा गाउँपालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा दीगोपना कार्यशालाको समिक्षा बैठक सम्पन्न भएको हो ।

कार्यक्रममा सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारूले सियारीमा स्वास्थ्य सम्बन्धि धेरै कार्यहरू सम्पन्न भएको बताए । जगत जननी कार्यक्रम, सुत्केरीको लागि निशुल्क यातायात, ल्याब टेस्ट, विभिन्न भिटामिन युक्त खानेकुराहरु निःशुल्क, मोतिया विन्दु अप्रेसन निःशुल्क लगायतका धेरै काममा सियारी गाउँपालिका अगाडि रहेकोे अध्यक्ष थारुले बताए ।

सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले सियारी गाउँपालिकामा भएको अहिलेसम्मको विकास गतिविधि बारे जानकारी दिएका थिए । कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्दी बहादुर घर्ती लगायत विभिन्न शाखाका प्रमुखहरु, गाउँपालिका अन्तरगतका स्वास्थ्यचौकी प्रमुखहरु, जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

त्यसैगरि सिनियर संयोजक सुनिल खतिवडा, प्रदेश कृषि प्राविधिक अर्जुन श्रेष्ठ, स्वास्थ्य पोषण अधिकृत दुर्गा राना, फिल्ड संयोजक मिनु पुन, पालिका पोषण सहजकर्ता गिता कुमारी थारु, सामुदायिक पोषण सहजकर्ता प्रतीक्षा केसी, अनिता सुनार लगायतको सहभागिता रहेकोे थियोे ।