बुटवल–३ का वडाध्यक्ष बस्यालको निधन

मेचीकाली संवाददाता

६ मंसिर २०७८, सोमबार
654 shares

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको निधन भएको छ । सोमबार दिउँसो आफ्नै घरको शौचालयमा जाने क्रममा लडेर ७३ वर्षीय बस्यालको मृत्यु भएको सोही वडाका वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए ।

शौचालय जाने क्रममा लडेर अचेत भएका बस्याललाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । उनी क्यान्सर रोगबाट पनि पीडित भएको बताइएको छ ।

बस्याल स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । वस्याल सो क्षेत्रमा लोकप्रिय नेताको रुपमा परिचित थिए ।

२०४६ सालमा बहुदल स्थापन पश्चात भएका स्थानिय निर्वाचनमा समेत वडा अध्यक्षको रुपमा निर्वाचित भएर जिम्मेवारी सम्हाल्दै आएका थिए । साथै बस्याल मेचीकाली सन्देश प्रकाशन प्रा.लिका पुर्व शेयर सदस्य पनि हुन् ।