ईलाका प्रहरी कार्यालय पिपराद्वारा सचेनतामूलक कार्यक्रम

मेचीकाली संवाददाता

७ मंसिर २०७८, मंगलवार
534 shares

पार्बती आचार्य
कपिलवस्तु। ईलाका प्रहरी कार्यालय पिपराको आयोजना तथा वाणगंगा नगरपालिका वडा नं. ९ को सहकार्यमा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिका ९ चौवा स्थित बाल शिक्षाको भवनमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत (शान्तिपुर्ण समाज एवं सुरक्षित समाजका लागि) बोक्सी आरोप सम्बन्धि सचेनतामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी नायव निरिक्षक टुक बहादुर खत्रीले बोक्सी भनेर परम्परागत रुपमा को कस्लाई भन्ने गरिन्थ्यो ? बोक्सी भनेर कोही कसैलाई भने, अमानवीय व्यवहार गरे वा कुटपीट गरे, गराएमा के कस्तो सजाय हुन्छ भन्ने बिषयमा जानकारी दिएका थिए ।
यस्तै बोक्सी कही कतै नहुने र झारफुक गरेर निको हुने भन्ने सोचाई गलत भएको र कानुन द्वारा निषेधित भएको हुँदा उक्त कार्य नगर्न र हुन नदिन लगाएतका बिषयमा प्रहरी नायव निरिक्षक खत्रीले सहजी करण गरेका थिए । सहभागिबाट प्राप्त जिज्ञासा तथा प्रहरी संग सम्बन्धित समसामयिक बिषयमा समेत सहजिकरण गरेका थिए ।
कार्यक्रममा चौवा टोल बिकास संस्थाका अध्यक्ष हुमलाल पौडेलले यस्ता बिषयहरुमा सरोकारवाला पक्षको महत्वपुर्ण भूमिका रहने भएको हुँदा बोक्सि कही कतै नहुने भएको भन्दै अन्धबिश्वास तर्फ कोही लाग्न नहुने बताए । झारफुकको बिश्वासमा लाग्दा मानिसको अकालमा ज्यानजान सक्ने भएको हुँदा अन्धबिश्वासको सोंचाई तर्फ नलाग्न उपस्थित सम्पुर्ण सहभागिहरुलाई आग्रह गरे ।
कार्यक्रम वाणगंगा नगरपालिका वडा नं. ९ का वडा सदस्य नुमलाल चौधरीको अध्यक्षता, चौवा टोल विकास संस्थाका अध्यक्ष हुमलाल पौडेलको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा करिव ७० जना महिला दिदी बहीनीहरुको उपस्थिती रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी निरीक्षक रेशमलाल पौडेलले जानकारी दिए ।