कांग्रेस महाधिवेशः कपिलवस्तु–१ बाट मित्रदेब घिमिरको उम्मेद्वारी घोषणा

मेचीकाली संवाददाता

७ मंसिर २०७८, मंगलवार
620 shares

सुनिल आचार्य
कपिलवस्तु । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेश अन्तर्गत कपिलवस्तु क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि (खस आर्य) तर्फ मित्रदेब घिमिरे (गोपाल) ले उम्मेद्वारी घोषणा गरेका छन् । पार्टीका हरेक निर्णयलाई सहर्ष स्वीकार गर्दै पार्टीमा लामो समयदेखि संक्रिय राजनिति गर्दै आएको भन्दै उनले उम्मेद्वारी घोषणा गरेका हुन् ।
आफ्नो उम्मेद्वारीलाई सफल बनाउन सबैको साथ मिल्ने विश्वास व्यक्त गर्दै उनले पार्टीलाई थप बजबुत बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले सम्पुर्ण क्षेत्रीय प्रतिनिधि, वडा तथा नगर सभापति पार्टीका अगुवा तथा जिम्मेवार प्रतिनिधिलाई सहयोगको अपिल समेत गरेका छन् ।

यस्तो छ उनको राजनैतिक तथा सामाजिक जीवनयात्रा
२०४६ सालमा पंचायत विरुद्ध गतिविधि गरेको आरोममा पुलिस द्वारा गिरफतार, २०४७ सालमा जनतामाबी विद्यालय पिपराको, संस्थापक ने.बि. संघ इकाई सभापति, २०५२ ,सालमा सिद्धार्थ क्याम्पस, संस्थापक ने.बि संघ इकाई सभापति साथै स्ववियु सचिव, २०५३ साल ने.बि संघ जिल्ला कार्यसमिति सदस्य रहेका थिए ।
यस्तै २०५३ सालको ने.बि. संघको केन्दिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, नेपाली कांग्रेसको शुभेक्षक संस्था नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार फोरमको कोषाध्यक्ष नेपाल बैदेशिक रोजगार ब्यबसायी संघको केन्दिय सद्स्य, कपिलवस्तु जेसिसको संस्थापक सदस्य, बिगत सातबर्ष, देखी जिल्ला कपिलवस्तु जितपुरमा संञ्चालनमा रहेको सि एण्ड सि अस्पतालको संञ्चालक साथै बिभिन्न सामाजिक संघ संस्था संग आवद्ध रहेका छन् । उनले अबका दिनमा पार्टीभित्र देखिने गुट उपगुट भन्दा माथि रहेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
उनले बिगत ७ बर्षदेखि बाणगंगा नगरपालिकाको जितपुर स्थित संचालनमा रहेको सि एण्ड सि अस्पतालबाट बिभिन्न सामाजिक उत्तरदायीत्व बहनगर्दै निशुल्क सेवा दिंदै आएका छन् । जिल्लाका बिभिन्न स्थानमा निशुल्क क्याम्प संचालन, नन्दनगरका ९० जना बटुकहरु बिरामी पर्दा डक्टर शुल्क निशुल्क, सेवामा २० प्रतिशत छुट र आस्था फाउण्डेशन डक्टरको शुल्क फ्रि निशुल्क, बिपन्न तथा गरिवहरुलाई निशुल्क उपचार सेवा, हरेक मंगलबार ८ बजेदेखि निशुल्क सुगर जाँच लगाएतका बिषयहरुमा समाज सेवा गर्दै आएका छन् । नेपाली कंग्रेस क्षेत्रिय प्रतिनिधीलाई सेवामा १० प्रतिशत र आजिबन छुट दिने घोषणा समेत गरेको प्रतिबद्धता ब्यक्त गरेका छन् ।