तानसेन–तम्घास सडकखण्ड दैनिक ११ घण्टा बन्द हुने

मेचीकाली संवाददाता

८ मंसिर २०७८, बुधबार
803 shares
फाइल तस्वीर

बुटवल । तानसेन–तम्घास सडकखण्ड बुधबारदेखि दैनिक ११ घण्टा बन्द हुने भएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले जारी गरेको सूचना अनुसार तानसेन–रिडी–तम्घास सडकखण्डको पाल्पा जोर्ते भीर आसपास क्षेत्रमा बाटो चौडा गर्ने काम भइरहेकाले आगामी २२ गते बुधबारसम्म सडक बन्द हुनेछ ।

कार्यालय प्रमुख रामेश्वर लम्सालले उक्त सडक दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने जानकारी दिए । एम्बुलेन्स, सुरक्षा निकाय र अत्यावश्यक बाहेकका अन्य सवारीसाधनलाई रोक लगाइएको लम्सालले बताए ।