लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ

मेचीकाली संवाददाता

९ मंसिर २०७८, बिहीबार
745 shares

पार्बती आचार्य
कपिलवस्तु । बाणगंगा नगरपालिकामा लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान बिहीबारदेखि शुभारम्भ भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित नगरपालिकाको प्राङ्गणबाट पञ्चेबाजा सहितको ¥याली ४ नं. चोकेखि दर्शन चोक हुँदै चार नम्बर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
यो दिवस हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो । बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अझै पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् ।


कपिलबस्तुको बाणगंगा नगरपालिकाले पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बिहीबारदेखि सुरु गरेको छ । ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ सुरु भएको अभियान पालिकाले १६ दिन सम्म विभिन्न कार्यक्रम गरी मनाउने महिला तथा बालबालिका शाखा प्रमुख शुशिला पन्तले जानकारी दिइन् । अभियानको पहिलो दिन बिहीबार प्लेकार्ड र पन्चेबाचासहित सचेतनामुलक ¥याली सम्पन्न गरेको छ ।
कार्यक्रममा महिलामाथि हुने लैंगिक हिंसाका विरुद्धमा हुने भेदभाव, बालबालिकाहरु माथि हुने लैंगिक हिंसाका विरुद्धमा हुने भेदभाव, ज्येष्ठ नागरिकहरुमा हुने बिभेदलगायतका बिभिन्न विभेदहरुलाई अन्त्य गर्नु पर्छ भन्ने उद्देश्यका साथ अभियानमा विभिन्न चरणका कार्यक्रमहरु चरण बद्धरुपमा संचालन गरिएको नगरपालिकाका उपप्रमुख तथा लैंगिक हिंसा निवारण समिती संयोजक चक्रपाणी अर्यालले बताए ।
समितिका संयोजक अर्यालले यस नगरपालिकामा लैंगिक हिंसाका घटनाहरुमा कमी हुँदै आएको बताउँदै यस आर्थिक बर्षमा न्यायीक समितीमा लैंगिक हिंसाका उजुरीहरु शून्य भएको बताए । विभिन्न जनचेतनामूलक अभियानहरु संचालन र बिभिन्न संघसंस्थाहरुको ऐक्बद्धता भएका कारण बिस्तारै हिंसाहरुमा कमी हुँदै आएको बताए । कोणसभामा विभेदरहित समाज निर्माण गर्दै लैंगिक हिंसा रहित पालिका निर्माण गर्ने प्रतिबद्धता ब्यक्तसमेत गरे ।
यस्तै कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले अभियानलाई अभियानको रुपमा र नाराकै रुपमा मात्र सिमित नराखि घर, कार्यस्थल हुँदै सबै ठाउमा व्यवहार र कार्याशैलीमा रुपान्तरण गरि समतामूलक समाज निमार्ण गर्नुपर्नेमा जोड दिएका थिए । नगरपालिकाले तय गरेका विभिन्न कार्यक्रमहरुमा सम्पुर्ण सरोकारवालाहरुलाई अभियानमा सक्रिय रुपमा लाग्न आग्रह गरेका छन् ।
यसैगरी कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्य, सिद्धार्थ सामाजिक विकास केन्द्रका उपाध्यक्ष त्रिलोचन घिमिरे, मेचिमहाकाली बुहारी संयुक्त आवाजकी जिल्ला संयोजक चन्द्रा अर्याल, राष्ट्रिय जेष्ठ नागरिक समाजका जिल्ला अध्यक्ष भेषराज कुंवरलगायतले सम्बोधन गर्दै यो अभियानलाई सफल पार्न ३ सय ६५ दिननै लैंगिक हिंसाविरुद्धको अभियानमा लाग्नुपर्ने बताए ।
यस्तै अभियानअन्तर्गत शुक्रबार साझ ६ बजे ४ नं. चोकमा सन्ध्याकालिन दिप प्रज्वलन गरिने, ११ गते शनिबार महिला सहकारी, निगरानी समूह र सरोकारवाला विच लैंगिक हिंसा सामाजिक कुरिती, बालविवाह विषयक चौमासिक अन्तरक्रिया, १३ र २१ गते २ वटा वडामा लैंगिक हिंसा र सामाजिक कुरिती विषयमा १÷१ दिने सचेतनामूलक कार्यक्रम संचालन गरिने छ ।
यस्तै १५ गते देखि १९ गते सम्म नगरका संस्थागत र सामुदायिक बिद्यालयहरु नगरबाल संजालका किशोरीहरुका लागि ५ दिने आत्मरक्षासम्बन्धी तालिम र २४ गते अभियानको औपचारिक समापन कार्यक्रम तय गरिएको महिला तथा बालबालिका शाखाका सहायक महिला विकास निरीक्षक हरिना गाहाले जानकारी दिइन् ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष एवं महिला बालबालिका समिति संयोजक बालकुमारी पन्त अधिकारीको स्वागत एवं महिला तथा बालबालिका शाखा प्रमुख शुसिला पन्तको सञ्चालनमा अभियानको शुभारम्भको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, कर्मचारीह , विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, ज्येष्ठ नागरिक, अपाङ् उत्थानका प्रतिनिधी, सुरक्षाकर्मी, सञ्चारकर्मी, वडा नं. १ का पञ्चे बाजा समूहको टोलि लगाएको ¥यालीमा सहभागिता रहेको सहयक महिला बिकास निरीक्षक भगवता आचार्यले जानकारी दिइन् ।