शुद्धोधनमा माओवादीका नेताकार्यकर्ता एमालेमा समाहित

मेचीकाली संवाददाता

९ मंसिर २०७८, बिहीबार
578 shares

नगेन्द्र केसी
भुजौली । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं.२ का माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले नेकपाको निरन्तरता रहेको भन्दै नेकपा एमालेमा समाहित भएका छन् ।
एमालेको १० औं महाधिवेशनको पूर्व सन्धयामा बिहीबार ४० जना माओवादीका नेता कार्यकर्ताले पार्टी छाड्दै एमालेमा समाहित भएका छन् ।
समाहित भएकाहरुलाई एमालेका रुपन्देही अध्यक्ष शिवराज सुबेदीले एमालेमा स्वागत गरेका थिए । स्वागत गर्दै सुवेदीले कम्युनिस्ट पार्टी एकीकृत बनाउनका लागि शुद्धोधनका नेताले देखाएको तदारुकता सकारात्मक रहेको बताए ।
यस्तै पूर्वमाओवादी नेता कमल काफ्लेले आफूहरु कम्युनिस्ट पार्टीहरु एकीकरणको पक्षमा रहेको भन्दै एमालेमा समाहित भएको बताए ।
कम्युनिस्ट पार्टीहरु एक भएर मात्र नेपालको विकास र समृद्धि नारा सफल हुने बताए । उनले अदालतको निर्णयले कानुनी रुपमा पार्टीहरु छुट्टै भएपनि अहिले एमालेमा समाहित हुनु नेकपाकै निरंतरता भएको जिकिर गरे । कुनै पार्टीप्रति आरोपप्रत्यारोप लगाएर पार्टीमा समाहित नभएको भन्दै कम्युनिस्ट आन्दोलन सफल बनाउने तर्फ लाग्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य तुलसी चौधरी, एमाले पार्टी पालिका पूर्वअध्यक्ष नरबहादुर घर्ती, पार्टी पालिका उपाध्यक्ष किरण नेपाल, सचिव राजेन्द्र कँडेललगायतको उपस्थिति रहेको थियो ।