महिला बालबालिका समिति र सरोकारवाला बीच अन्तरक्रिया

मेचीकाली संवाददाता

११ मंसिर २०७८, शनिबार
435 shares

पार्वती आचार्य
कपिलवस्तु । ‘घरैबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ महिला सहकारी संस्था निगरानी समुह, महिला बालबालिका समिती र सरोकारवाला बीच लैंगिक हिंसा, सामाजिक कुरीती, कुप्रथा, बाल बिवाह बिषयक चौमासिक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महिला सहकारी संस्थाको अवस्था विश्लेषण गर्ने, निगरानी समूहले हालसम्म के कस्ता लैङ्गिक हिंसाका घटनाहरु समाधान गरे घटना समाधानका क्रममा कस्ता समस्या चुनौतीको सामाना गर्नुपर्यो भन्ने बारेमा अनुभवहरु आदानप्रदान गर्ने रहेको छ ।
यस्तै लैङ्गिक हिंसा अन्तरगत हुने हिंसाहरुका बारेमा जानकारी गराउने र लैङ्गिक हिंसामा परेका पीडक र पीडितलाई हुने कानुनी कारबाही र कानुनी उपचारबारेमा जानकारी गराउने उद्देश्यले अभियानकै तेश्रो दिनमा यस कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबालिका शाखा प्रमुख शुसिला पन्थले बताईन् ।


कार्यक्रममा बाणगंगा नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले यस नगरपालिकामा हिंसालाई न्युनिकरण गरी सभ्य समाज बनाउने मुख्य उद्देश्य भएको बताए । हिंसालाई न्युनिकरण गर्न बिभिन्न संघ स्ंस्थाहरु मिलेर लाग्नु पर्ने बताउँदै समता मुलक समाज निर्माण गर्नका लागि बिभिन्न संघ संस्थाहरुको अहम भुमिका रहेको बताए ।
अपाङ्ता भएका व्यक्ती, जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरुलाई र तेश्रो लिंगिं लगाएतका कुनै पनि ब्यक्तीहरुले कुनै प्रकारको हिंसा भोग्न नपरोस भन्नका लागि नगरपालिकाले बिभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताए । साथै यस लैंगिंक हिंसा न्युनिकरण अभियानलाई सफल पार्न इन्सेक लगाएतका बिभिन्न संघ संस्थाहरुको अहम भुमिका रहेको बताए ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले नगरपालिका भित्र हुने बिभिन्न हिंसाहरुलाई निवारण गर्नका लागि बिभिन्न संघ संस्था, अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मी लगाएतको एक्यबद्धता हुनुपर्ने बताए । जहाँ आर्थिक अभाव छ , साधन श्रोतको अभाव छ जसका कारण आफ्ना आवाजहरु उठाउन सकिरहेको हुँदैन त्यो नै एक किसिमको हिंसा भएको हुँदा समाजमा हुने बिभिन्न हिंसाहरुलाई चिर्नकालागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिएका थिए ।


यस्तै शिक्षा शाखा प्रमुख बाबुराम भट्टराईले हिंसा पुरुषहरुमा भन्दा महिलाहरुमा बढी हुने भएको एक अध्ययनले पुष्टि गरेको हुँदा महिलाहरुलाई हिंसामा पर्न नदिनका लागि सबैले अहिलेको राष्ट्रिय नारालाई आत्मसाथ गर्दै एकजुट भएर लाग्न आबश्यक भएको बताए ।
मेचिमहाकाली बुहारी संयुक्त आवाजकी जिल्ला संयोजक चन्द्रा अर्याल, संचारिका समुह लुम्बिीनी प्रदेश अध्यक्ष पार्बती पाण्डे, इन्सेक प्रतिनिधी पार्बती आचार्य, बिष्णुमायाँ भट्टराई लगाएतले महिलाहरुले हिंसा सहेर बस्न नहुने बताए । साथै हिंसा न्युनिकरण गर्न आफ्नो घरबाट नै शुरु गर्नुपर्ने र लैंगिक हिंसा न्युनिकरण गर्न १६ दिने अभियानमा मात्र होईन ३ सय ६५ दिन नै अभियान संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
यस्तै दिब्यज्योती महिला बहुउद्देश्यीय सहकारी संस्था कोपवाका ब्यबस्थापक बिष्णुमाया भट्टराई, नवज्याती महिला बहुउद्देश्यीय सहकारी संस्था वडा नं. ११ हथौसाका व्यवस्थापक जगरानी थारु, सहयोगी महिला बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सुनिता सेन, बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि. कोपवाका ब्यबस्थापक मिना आले काउचा, मिरमिरे महिला बचत तथा वडा नं. १ बैरिया लगाएतका सहकारीहरुले प्रगती बिवरण प्रस्तुत गरेका थिए ।
यसैगरी बुद्ध दर्शन महिला शहकारी संस्थाका प्रतिनिधी एलिसा बञ्जाडे, नमुना महिला बचता तथा ऋण सहकारी संस्थाका प्रतिनिधी र मेचीमहाकाली बुहारी संयुक्त आवाजका उपाध्यक्ष सुष्मा खाँण लगाएतले संस्थाले गरेका कार्यहरुको बिवरण र भावी कार्ययोजनाका बारेमा जानकारी प्रस्तुत गरेका थिए ।
यसैविच इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिनेश गुरुङले लैङ्गिक हिंसा, घरेलु हिंसा, लैंगिक हिंसाको परिभाषा, यौनजन्य हिंसा, मानसिक हिंसा, आर्थिक हिंसा, कुटपिट, बोक्सिको आरोप, नगरपालिका र जिल्लामा भएका हिंसाका घटनाहरुका बारेमा जानकारी दिनुका साथै लैंगिक हिंसा बिरुद्ध प्रहरीको भुमिका लगायत विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्रम नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालको अध्यक्षता, महिला तथा बालबालिका शाखाका सहायक महिला बिकास निरीक्षक भगवती आचार्यको स्वागत तथा महिला बालबालिका शाखा प्रमुख शुसिला पन्थको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो कार्यक्रममा महिला सहकारी संस्थाका पदाधिकारी, निगरानी समूहका संयोजक, महिला बालबालिका समितिका पदाधिकारी र अन्य सरोकारवाला निकायहरुको सहभागिता रहेको सहायक महिला बिकास निरीक्षक हरिना गाहाले जानकारी दिईन् ।