लैंगिक हिंसा सम्बन्धि अन्तरक्रिया सम्पन्न

मेचीकाली संवाददाता

१२ मंसिर २०७८, आईतवार
389 shares

सुनिल आचार्य
कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नं. ४ स्थित भृकुटी माध्यमिक विद्यालयमा इन्सेकद्धारा गठन भएको बाल अधिकार चेतना समुहले लैंगिक हिंसा सम्बन्धि अन्तरक्रिया सम्पन्न गरेको छ ।

बाल अधिकार चेतना समुहले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको चौथो दिनमा एक कार्यक्रमको आयोजना गरी इन्सेक कपिलवस्तुको समन्वयमा लैंगिक हिंसा संबन्धि अन्तरक्रिया कार्यक्रम भृकुटी माबि बुड्ढीमा सम्पन्न गरिएको हो ।

सो अवसरमा बिद्यालयका सहायक प्रधानाध्यापक गणेश त्रिपाठीले लैंगिक हिंसा न्युनिकरण गर्न सबैको सकारात्मक सोंच हुनुपर्ने बताए । समाजमा बिभिन्न हिंसाका घटनाहरु अशिक्षाकै कारण हुने भएको हुँदा बिद्यार्थीहरुले पनि अनुशासित ढंगले सचेतना मूलक सन्देशहरु दिन आग्रह गरे ।

बाल अधिकार चेतना समुहका बिद्यार्थीहरुले आफुले सिकेका ज्ञानका कुराहरुलाई ब्यबहारमा उतार्नु पर्ने बताउँदै आफ्नो अधिकार प्रति सचेत हुँदै अरु साथीहरुलाई समेत अधिकार प्रति सचेत गराउन अनुरोध गरेका थिए ।

यस्तै बिद्यालयबाट बिद्यार्थीहरुले लिने हरेक सेवामा बालबालिकाहरु बञ्चित भएको भए बाल अधिकार चेतना समुहका पदाधिकारीहरुले समयमै बिद्यालयलाई सचेत गराए बालबालिकाहरु अधिकारबाट बञ्चित नहुने बताए ।

त्रिपाठीले समाजमा बस्ने मानवहरु सबै एकै हुन त्यस कारण एकले अर्कोलाई सम्मान गर्न सिकौं भन्दै लैंगिक हिंसाको अन्तरक्रियाको आयोजना गरेकोमा इन्सेक तथा बाल अधिकार चेतना समुहलाई धन्यबाद समेत दिएका थिए ।

यसैगरी बाल अधिकार चेतना समुहका संरक्षक शिक्षक मतिराज खनालले इन्सेकको सहयोग समन्वयमा बिद्यालयमा गरिने बिभिन्न क्रियाकलापहरुले बिद्यार्थीहरुले शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगाएतका बिभिन्न अधिकारको बारेमा जान्ने र बुझ्ने अवसर डिलाएको भन्दै इन्सेकलाई धन्यवाद दिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा इन्सेक प्रतिनिधी तथा सहजकर्ता पार्बती आचार्यले लैंगिक हिंसा अन्तरर्गत हुने बिभिन्न हिंसाहरुको बारेमा सहजीकरण गरेकी थिईन् ।

कार्यक्रममा बाल अधिकार चेतना समुहका सचिव अस्मिता खनालको अध्यक्षतामा चेतना समुहका पदाधिकारीहरु, विद्यालयका शिक्षकहरु तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । बिद्यार्थीहरुले बिद्यालयमा यस्तो अन्तक्र्रिया कार्यक्रम पहिलो पटक भएको भन्दै खुशी व्यक्त गरेका थिए ।