सञ्चारीका समूह कपिलवस्तुको अध्यक्षमा आचार्य

मेचीकाली संवाददाता

१२ मंसिर २०७८, आईतवार
766 shares

कपिलवस्तु । सञ्चारीका समूह जिल्ला शाखा कपिलवस्तुको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन आइतवार सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारीका समुह लुम्बिनी प्रदेशका अध्यक्ष पार्वती पाण्डेले पत्रकार महिलाहरुको संख्या बढ्दै गएकोले उनीहरुलाई पत्रकारीतामै टिकाईरहन नेपाल पत्रकार महासंघले विशेष पहल गर्नु पर्ने बताईन् ।

विभिन्न चुनौतीका बाबजुद पनि युवा पत्रकार महिलाहरु पत्रकारीतामा आएका छन, यो समग्र देशका लागि निकै ठुलो खुशीको कुरा भएको उनको भनाई छ । पत्रकार महिलाहरु संख्यात्मक रुपले बढेका छन, तर गुणात्मक रुपले बढाउनु अहिलेको आवश्यकता रहेको लुम्बिनी प्रदेश अध्यक्ष पाण्डेले बताईन् । पत्रकार महिलाले सञ्चालन गरेका मिडियालाई राज्यले विशेष सहुलियत दिनु पर्नेमा जोड दिएकी थिईन् । पत्रकार महिलाहरु अध्ययनसिल, सक्रिय र संगठित हुदै महासंघको नेतृत्वसम्म पुग्नु पर्ने बताईन् ।

यस्तै साधारण सभा तथा अधिवेशनले आगामी तिन वर्षका लागि पार्वती आचार्यको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कोपिला पाख्रेल, महासचिवमा शारदा के.शी., सचिवमा शेरिफ के.शी., कोषाध्यक्षमा संगिता भुषाल रहेका छन् ।

त्यस्तैगरि सदस्यहरुमा राधा पाण्डे, सोन कुमारी थारु, भगवती न्यौपाने, अस्मिता भुषाल, दिपीका सुनार र रचना खासुमगर रहेका छन् । निर्वाचित आचार्यले पत्रकार महिलाहरुलाई संगठित गर्दै शसक्त रुपले अगाडि बढ्ने र पत्रकार महिलाहरुका समस्यालाई समाधान गर्दै लैजाने आचार्यले प्रतिबद्धता जनाईन् ।