३४ औं अन्तराष्ट्रिय बिश्व एड्स दिवसमा अन्तरक्रिया

मेचीकाली संवाददाता

१६ मंसिर २०७८, बिहीबार
601 shares

सुनिल आचार्य
कपिलवस्तु । बुद्धभुमि नगरपालिकाले ३४ औं अन्तराष्ट्रिय बिश्व एड्स दिवश सम्पन्न गरेको छ । बुद्धभुमि नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको वडा नं. ४, ५, ६ र १० का ५५ जना सहभागि बिद्यार्थीहरुलाई एचआईभी एड्स सम्बन्धि छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा एचआईभी एड्सको बर्तमान अवस्था, लक्षण, चिन्ह्र, रोकथामका उपाए तथा जनचेतना बढाउने बिषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो । उक्त कार्यक्रममा स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत गोकर्ण अर्याल र सिअहेव बोमलाल भण्डारीले सहजी करण गरेका थिए । यस नगरपालिकामा एचआईभी एड्स संक्रमितका बिरामीहरु ४५ जना रहेको समेत स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत अर्यालले जानकारी दिए ।

बुद्धभुमि नगरपालिका ४ को भृकुटी माबिमा सम्पन्न कार्यक्रममा सहजकर्ता, कर्मचारी र बिद्यालयका प्रधानाध्यापक बेद प्रकास भुसाल, बिद्यालयका बिद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।