‘मिस्टर एण्ड मिस प्यासिफिक’ हुँदै

मेचीकाली संवाददाता

१६ मंसिर २०७८, बिहीबार
728 shares

बुटवल । प्रि–प्रोडेक्सनले मंसिर १७ गते रूपन्देहीमा मिस्टर एण्ड मिस प्यासिफिक लुम्बिनी सन् २०१२ गर्ने भएको छ । कार्यक्रम रूपन्देहीको तिलोत्तमा शंकरनगरस्थित रेडिसन पार्टी प्यालेसमा हुने भएको हो । प्रतिस्पर्धामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागिता रहेको छ ।

लुम्बिनीका रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा, गुल्मी, अर्घाखाँची र बर्दियालगायतबाट प्रतिस्पर्धी छनोट भएका आयोजक संस्थाका आनन्द भुर्तेलले जानकारी दिए ।

जसमा मिस्टर प्यासिफिक लुम्बिनीको अडिसन राउण्डमा २५ जनाबाट विभिन्न क्रियाकलापबाट ग्रान्ड फिनालेमा टम फाइभ जना छनौट भएका छन् । त्यस्तै मिस प्यासिफिक लुम्बिनीको अडिसन राउन्डमा ३० जनाको विभिन्न क्रियाकलापबाट ग्रान्ड फिनालेमा ७ जना छनौट भएका छन् ।

कार्यक्रममा २५ दिनको तालीममा कन्फिडेन्ट विल्डप कलास, पर्सनालिटी डेभलपमेन्ट, कलसमेकअप कलास, जुमवा, कलास, फोटो सुट, भिडियो सुट, मोटिभेस्नल कलास, वक टे«निङलगायतका विभिन्न टे«निङ प्रदान गरिएको कोरियोग्राफ प्रशान्त शाहले जानकारी दिए ।