बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारीमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

१७ मंसिर २०७८, शुक्रबार
337 shares

वाणगंगा । बिहानी सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि. वाणगंगा ५ कोपवा कपिलवस्तुको ७ औं साधरणसभा तथा दोस्रो अधिवेशन मंगलबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
सो अवसरमा संस्थाले सफल उद्यमीहरूलाई सम्मान पत्रले सम्मान गरेको छ। यसरी सम्मानित हुनेहरूमा अनारकली थारू, फिरिया थारू, कमला पौडेल, डिल्लीराम यादव, मालती क्षेत्री लगायत ७ जना रहेका छन् । अधिवेशनले पुनः तुल्सी थापाको अध्यक्षतामा अगामी ४ वर्षका लागि ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

जसको उपाध्यक्षमा संगिता चौधरी, सचिवमा शिवकला बेलबासे, कोषाध्यक्षमा बिना मल्ल रहका छन् भने सदस्यहरूमा निर्मला खनाल, सुर्यकुमारी थारू, कमला परियार लगायत रहेका छन् । त्यस्तै संस्थाले बिमला कुमारी जोसीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ । जसको सदस्यहरूमा इन्दीरा शर्मा, चनमती थारू रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजनीति दलका प्रतिनिधि, लक्ष्मडघाट सा.वनका अध्यक्ष हुमनाथ भट्टराई, हेफर इन्टरनेशनल कार्यक्रम व्यवस्थापक अनन्त शिलवाल, वडा नम्बर ५ का अध्यक्ष भिष्मराज भुसाल लगायतले सहकारी समुदायको गहना भएको बताउँदै संस्थाको प्रगतिको कामना सहित नव निर्वाचित कार्य समितिलाई सफलताको शुभकामना दिएका थिए ।

२७ जना सदस्यहरू मिलेर २०७१ साल चैत २ गते दर्ता गरेको संस्थामा बाणगंङ्गा नगरपालिकामा ७३ वटा समुहका १३०१ जना महिला दिदीबहिनीहरू संगठित रहेको संस्थाले जनाएको छ । त्यस्तै संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै रितु पोख्रेलले संस्थाको कुल शेयर पुँजी ३६ लाख ५७ हजार, बचत १ करोड ८६ लाख ४७ हजार ९ सय २४ रूपैयाँ रहेकोमा २०७८ साल असार मसान्तसम्म संस्थाको कुल पुँजी २ करोड ९७ लाख ९४ हजार ७ सय ७२ रूपैयाँ रहेको छ ।

एकका लागि सबै र सबैका लागि एक भन्ने मुल नारा अंगालेको सहकारीमा आ.ब.०७७÷०७८ को बार्षिक नीति तथा कार्यक्रम अनुसार बजेट बिनियोजन गरि कार्य सम्पन्न भएको बताउदै संस्थाले विभिन्न प्रकारका ऋण सुलभ ब्याज दरमा उपलब्ध गराएको पनि प्रतिवेदनमा प्रस्तुत गरिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति उप प्रमुख तारावती चौधरी विभिन्न पार्टीका प्रतिनिधि, विभिन्न सामाजिक संस्थाका प्रमुख, प्रतिनिधि, स्थानीय समाजसेवी, वडा नम्बर ५÷६ का जनप्रतिनिधि संस्थाका पदाधिकारी, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संगिता चौधरीको स्वागत, व्यवस्थापक मिना आलेको सञ्चालनमा सम्पन्न भएको थियो ।