‘लैङ्गिक हिंसा न्यूनीकरण गर्न आफूबाटै सुरु गर्नुपर्ने’

मेचीकाली संवाददाता

१७ मंसिर २०७८, शुक्रबार
276 shares

सुनिल आचार्य
कपिलवस्तु । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैंगिकतामा आधारित हिंसा न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।

सिद्धार्थ सामाजिक विकास केन्द्र, सिद्धार्थ बचत तथा ऋण परिचालन सहकारी संस्था लिमिटेडको संयुक्त आयोजना, बाणगंगा नगरपालिकाको समन्वय तथा स्ट्रोमा फाउण्डेसन, युनिसेफ र रुपान्तरण परियोजनाको सहयोगमा सिद्धार्थ सामाजिकको सभाहलमा उक्त अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा लैङ्गिकतामा आधारित हिंसाका प्रकार, जिल्लामा हिंसाका संख्या, यसका कारणहरु तथा न्यूनीकरणका उपायहरुको बारेमा सरोकारवालाहरुसंग अन्तक्र्रिया गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थले नगरपालिकाले लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम विभिन्न वडामा सञ्चालन गरेको बताइन् । पन्तले महिलाहरुले महिला भएकै कारण शारिरीक, मानसिक तथा विभिन्न हिंसा खेपिरहेको बताइन् ।

महिलाहरु आर्थिक, शैक्षिक रुपमा सवल बन्न आवश्यक रहेकोले यसतर्फ सबैले चासो दिन आह्वान गरिन् । पुरुषको अनुपातमा महिलाहरु लैङ्गिक हिंसाको चपेटामा परेको भन्दै यस तर्फ चासो राख्नुपर्नेमा जोड दिइएकी थिइन् । कार्यक्रममा इन्सेक प्रतिनिधि पार्वती आचार्यले लैङ्गिक हिसासम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यपत्रमा विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा महिला तथा बालबालिका सम्बन्धी विभिन्न तथ्यांकहरु समावेश गरिएको थियो ।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहले महिलाहरु सशक्त बन्न आवश्यक रहेको बताइन् । उनले नेतृत्वमा पुग्ने महिलाहरुको संख्या मात्र धेरै भएको भन्दै गुणात्मक काम गर्न आवश्यक रहेको बताइन् । यसैगरी कार्यक्रममा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नुमी शर्मा, निगरानी समूहका सदस्य कृष्णप्रसाद ज्ञवाली, मानव अधिकारका लागि एकल महिला जिल्ला अध्यक्ष रुपा देवी राई गुरुङ र नवज्योती बहुउद्देश्यीय महिला सहकारी संस्थाका पूर्वअध्यक्ष हुमा अधिकारीलगायतले धारणा राख्दै लैङ्गिक हिंसा न्यूनीकरणका लागि आफूबाटै परिवर्तन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा उद्यमी महिलाको रुपमा बाणगंगा–४ डुंगहवा निवासी बिना बन्जाडेलाई नगदसहित सम्मान गरिएको छ । विशेष गरी चालकको संख्यामा महिलाको कमी भएकोले अटो चालक व्यवसाय गर्दै आएकी बन्जाडेलाई हौसला स्वरुप सम्मान गरिएको हो ।

कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्यकुमारी शाहीको अध्यक्षतामा सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्य समिति सदस्य चेतना अधिकारीले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् भने संस्थाका कोषाध्यक्ष शोभा आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष हरि अधिकारी, अपांग उत्थान समाज कपिलवस्तुका प्रतिनिधि सुनिल विक, बाणगंगा नगरपालिकाभित्रका विभिन्न सहकारीहरुका प्रमुख तथा प्रतिनिधिहरु, महिला अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुलगायतको सहभागिता रहेको थियो ।