मिलिजुली आमा समुहमा नयाँ नेतृत्व

मेचीकाली संवाददाता

१८ मंसिर २०७८, शनिबार
384 shares

तुलसीराम पौडेल
सियारी । रुपन्देहीको सियारी गाउँपालिका–६ मिलनचोक स्थित मिलिजुली आमा समुहको १४ औं साधारण सभा तथा पाचौँ अधिवेशन सम्पन्न भएको छ ।
साधारण सभा तथा पाचौं अधिवेशनले गोमा सुवेदीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । जसको उपाध्यक्षमा विष्णु थापा, सचीवमा जमुना सुवेदी र कोषाध्यक्षमा श्रुतीभा नेपाल सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसै सदस्यहरुमा अन्जना सुवेदी, सुमित्रा सापकोटा, पुतली अर्याल, सुमित्रा थापा, अमृता थापा, ज्ञानु सुवेदी ज्योति कुँवर सर्वसम्मत निर्वाचित भएका छन् ।
निवर्तमान अध्यक्ष कमला सापकोटाको अध्यक्षता, सिद्दार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
निवर्तमान उपाध्यक्ष गोमा सुवेदीको स्वागत मन्तव्य, निवर्तमान सचिव गिता अर्यालको संचालनमा सम्पन्न कार्यक्रममा डबल बहादुर जिसीले शुभकामना मन्तव्य राखेका थिए ।