सियारीमा महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी सम्मानित

मेचीकाली संवाददाता

१९ मंसिर २०७८, आईतवार
554 shares

तुलसीराम पौडेल
सियारी । १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा रुपन्देहीको सियारी गाउपालिकामा विदाइ तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अन्तरगत उमेर पुगी अवकाश भएका सामुदायिक स्वास्थ स्वयंसेविकाहरुलाई गाउँपालिकाको तर्फबाट नगद ५० हजार रुपैयाँसहित विदाइ र नवनियुक्त महिला स्वयंसेविकाहरु र पश्चिम अमवास्थित अमवा स्वास्थ्य चौकिको लागि नियुक्त भएका डाक्टर सागर न्यौपानेलाई स्वागत गरिएको छ ।

त्यसैगरि प्रत्येक वडाबाट एक जना उत्कृष्ट महिला स्वयं सेविका र प्रत्येक स्वास्थ्यचौकीबाट २÷२ जना स्वास्थ्यकर्मी समेत सम्मानित भएका थिए । सियारी गाउपालिका उपाध्यक्ष अमृता गुरुङले सियारी गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयंसेविकाको महत्तवपूर्ण भुमिका रहेकोे बताइन ।

कोभिड न्यूनीकरण गर्नको लागी चेतनामूलक कार्यक्रममा सक्रिय हुनुपर्ने र गाउँपालिकाले लागू गरेको जगत जननी कार्यक्रमलाई सफल पार्न घरदैलो अभियान गर्न आग्रह गरिन ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीन प्रसाद भट्टराईले महिला स्वास्थ्य स्वयं सेविकाको सक्रिय भुमिकाबाट नै भुमिकाबाट नै सियारी गाउँपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट हुन सफल भएको बताए । सियारी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेलले महिला स्वास्थ्य स्वयंसेविकाबाट स्वास्थ्य क्षेत्रमा राम्रा कार्यहरू भएको बताए ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराईको अध्यक्षता, उपाध्यक्ष अमृता गुरुङको प्रमुख आतिथ्यता, वडा नम्बर ३ का अध्यक्ष घिसन अहिर, वडा नम्बर ४ का वडा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, वडा नम्बर १ का कार्यवाहक अध्यक्ष धनराज शर्मा, लेखा शाखा प्रमुख नारायण प्रसाद पौडेलको आतिथ्यता, स्वास्थ्य शाखा नर्सिङ अधिकृत ललिता पुनको स्वागत मन्तव्य, स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीद्वारा संचालित कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष थम्मन बहादुर पौडेल, नव नियुक्त डाक्टर सागर न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।