‘आर्थिक रुपमा सक्षम हुनसके महिला हिंसा न्युनिकरण हुने’

मेचीकाली संवाददाता

२० मंसिर २०७८, सोमबार
664 shares

पार्बती आचार्य
कपिलवस्तु । ‘घरैबाट शुरु गरौं, महिंला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रम बिजयनगरम सम्पन्न भएको छ । कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले महिलाहरु आर्थिक र समाजिक रुपमा सक्षम हुनसके महिलामाथि हुने बिभिन्न लैंगिक हिंसाहरु कम हुँदै जाने बताएकी छन् । हिजोभन्दा आज महिलाहरुमा परिबर्तन हुँदै आएको भन्दै महिला दिदी बहिनीहरु आफ्नो अधिकारका लागि शसक्त भएर लाग्नुपर्नेमा जोड दिएकी थिईन् ।

उनले महिला भएकै कारण महिला दिदी बहिनीहरुले बिभिन्न यातनाहरु सहन बाध्य भएको हुँदा जुनसुकै पार्टी भित्र भएपनि आफ्नो भुमिका खोज्न आग्रह गरिन् । समाज परिबर्तनका लागि सबै महिला दिदी बहिनीहरु सक्रिय भएर लाग्न आग्रह गर्दै यस क्षेत्रका महिलाका समस्याहरुलाई समाधान गर्नका लागि आफ्नो तर्फबाट हुने सहयोगका लागि राष्ट्रिय सभा सदस्य घिमिरेले प्रतिबद्धता समेत ब्यक्त गरिन् ।

यस्तै गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले लैंगिक हिंसा न्युनिकरणका लागि बिभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको बताए । जिल्लाको दुर्गम क्षेत्रको रुपमा मानिने यस बिजयनगर गाउँपालिकाका महिलाहरुलाई सक्षम बनाउन गाउँपालिका लागि परेको बताउँदै महिला लक्षित कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

यसैगरी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरीले लैंगिक हिंसा न्युनिकरण गर्न महिलाहरुले आत्मबल बढाउनुपर्ने बताईन् । अगाडी बढ्न खोज्ने महिलाहरुलाई कसैले खुट्टा तान्न खोज्यो भने पनि त्यसलाई चिरेर हिम्मत लिएर अगाडी बढ्न महिला दिदी बहिनीहरु लाई आग्रह गरिन् । महिलाहरुलाई सक्षम बनाउन गाउँपालिका प्रतिबद्ध रहेको उपाध्यक्ष चौधरीले जनाईन् ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गोबिन्द भट्टराईले लैंगिक हिंसा न्यूनिकरण गर्न अफू बाट नै शुरुवात गर्नुपर्ने बताए । पहिला आफू सचेत भए घर , छिमेक , समाज हुँदै सिंगो गाउँ परिबर्तन गर्न सकिने भएको हुँदा यस अभियानमा सबै एकजुट हुनुपर्ने बताए । यस्तै इन्सेक प्रतिनिधी तथा संचारिका समुहका जिल्ला शाखा अध्यक्ष पार्बती आचार्यले आर्थिक रुपमा महिलाहरु बलियो भएमा लैंगिक हिंसा कमी हुने बताईन् । उनले अधिकार प्राप्त गर्न महिलाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिएकी थिईन् । यसैगरी ईलाका प्रहरी कार्यालय गणेशपुरका सहायक प्रहरी निरीक्षक नारायण बिकले महिला माथि हुने बिभिन्न हिंसाका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा सहभागि नवदुर्गा महिला समूहका अध्यक्ष गिता तिवारी , महिला संजालका सदस्य प्रमिला पौडेल , ईन्दु पौडेल र गिता कोरी लगाएतले महिला भएकै कारण हिंसा भोग्दै आउनु परेको बताए । समाजमा अझै पनि पितृ सतात्मक सोचको हाबी कायमै रहेको हुँदा महिलाहरुले केही काम गर्न सक्दैनन भन्ने र हेपाहा दृष्टिले हेर्ने दृष्टि कायमै रहेको हुँदा अधिकार संगै कर्तब्य पनि पुरा गर्नका लागि महिलाहरु एकजुट हुन आबश्यक भएको सहभागि महिलाहरुले बताएका छन् ।

कार्यक्रम गाउँपालिका महिला संजालका अध्यक्ष सुनिता चौधरीको अध्यक्षतामा संजालकी सदस्य प्रमिला पौडेलको स्वागत तथा महिला तथा बालबालिका शाखाका कम्प्युटर अप्प्रेटर राधिका सापकोटाको संचालनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिका द्वारा गठन गरिएको महिला समुहका अगुवाहरु , सहकारीका सदस्यहरु , महिला संजालका प्रतिनिधीहरु लगाएत १ सय ६० जना बढीको सहभागिता रहेको थियो । बिजयनगर गाउँपालिकाको आयोजना तथा ईन्द्रेणी ग्रामिण बिकास केन्द्र गोरुसिंगें र दलित सामाजिक बिकास केन्द्रको सहकार्यमा बिजयनगर गाउँपालिकामा कार्यक्रम सम्पन्न गरिएको हो ।